‘रेट्रो रिमिक्स’ सार्वजनिक

शुक्रबार, ०६ असार २०७६, ०६ : २० शुक्रवार
‘रेट्रो रिमिक्स’ सार्वजनिक

स्ट्रिक्स प्रोफेसनलद्वारा कपालको सौन्दर्यसम्बन्धी मेगा शोको प्रारम्भ गर्दै ‘हेयर एन्ड बियोन्ड’मा पुरानो शैलीको  उत्पादन ‘रेट्रो रिमिक्स’ पुनः सार्वजनिक गरेको छ । कार्यक्रममा हेयर स्टाइलिस्ट शिरिन मर्चेन्टले सहभागीहरूलाई फेसनबारे जानकारी दिएकी थिइन् । कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले र्याम्प तताएकी थिइन् । 

काठमाडौंमा आयोजित कपालको सौन्दर्यसम्बन्धी मेगा शो  ‘हेयर एन्ड बियोन्ड’को २०१९ को संस्करणमा संग्रह सार्वजनिक गरिएको हो ।

आर्गन सेक्रेट्स हेयर कलर, क्यान्भोलाइन स्ट्रेट्निङ क्रिम र होल्ड एन्ड प्ले स्टाइलिङ श्रृङ्खला उत्पादन प्रयोग गरेर महिलाका लागि परिस्कृत रेट्रो रिमिक्सका श्रृङ्खला तयार पार्न खैरो, सुनौलो र सुनौलो खैरोे रंगका मिश्रण तथा खैरो सेडको मिश्रण प्रयोग गरिएको थियो ।

यो ७० को दशकमा पश्चिममा मर्लिन मुनरो, अड्री हेप्बर्न तथा पूर्वमा जिनत अमान र हेमा मालिनीजस्ता ग्लामर आइकनहरूका लागि बनाइएका कपालका सौन्दर्य शैलीबाट प्रभावित छ । यो पुरानो विश्वको आकर्षण र समकालीन ताजगीको मिश्रण हो र रेट्रो रिमिक्स पुरानो र नयाँको संगम रहेको कम्पनीले जानकारी दिएको छ ।

तस्बिर : कृष्पा श्रेष्ठ

Leave A Comment