यसकारण खाने नट्स

आइतबार, १६ साउन २०७३, १२ : २२ शुक्रवार , Kathmandu
यसकारण खाने नट्स

हाडेबदाम
हाडेबदाममा मोनोसेचुरेटेड फ्याट पाइन्छ, जसले शरीरमा हानिकारक कोलेस्ट्रोलको मात्रा कम गर्छ । त्यस्तै हाडेबदाम भिटामिन–ई, भिटामिन–बी, कार्बोहाइड्रेट र फाइबर, क्याल्पिसयमको राम्रो स्रोत हो । हाडेबदाम बोक्रासहित खानाले यसमा पाइने एन्टिअक्सिडेन्टले हृदय, रगतसम्बन्धी रोग लाग्ने जोखिम कम गरिदिन्छ । यद्यपि, बढी मात्रामा हाडेबदाम खाँदा कब्जियत हुन सक्छ । त्यही भएर दिनमा पाँचवटाभन्दा बढी हाडेबदाम भरसक खानु हुँदैन ।
काजु
काजुमा प्रोटिन, मिनरल्स, आइरन, फाइबर र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ । काजु खानाले शरीरमा उर्जा प्राप्त हुन्छ । तर, बढी काजु खाँदा खोकी लाग्ने र एसिडिटीको समस्या देखापर्न सक्छ ।
ओखर
ओखरमा पाइने फ्याट र अन्य पौष्टिक तŒवले शरीरमा इन्सुलिनको मात्रालाई सन्तुलनमा राख्न मद्दत गर्छ । त्यही भएर टाइप–टू डायबेटिज भएकाहरूा लागि ओखर ज्यादै लाभदायक हो । साथै दम र मुटु रोगीका लागि पनि यो लाभदायक हुन्छ । ओखर तातो प्रकृतिको खाद्य भएकाले प्रतिदिन १० देखि २० ग्रामभन्दा बढी भरसक खानु हुँदैन ।
पिस्ता
मुटु रोगीका लागि पिस्ता फाइदाजनक हुन्छ । यो भिटामिन बी–६को राम्रो स्रोत हो । साथै अन्य भिटामिन र मिनरल्स पनि यसमा प्रशस्त मात्रामा पाइन्छन् । पिस्ता खानाले भोक कम लाग्ने भएकाले डाइटिङ गरिरहेकाहरूका लागि यो लाभदायक छ । तर, बढी मात्रामा खानाले पिस्ताले एसिडिटी गराउँछ । यसमा पाइने नुन बढी भएमा उच्च रक्तचापका बिरामीलाई यसले हानि पु¥याउन सक्छ । त्यसैले धेरै मात्रामा पिस्ता दिनहु खाने गर्नु हुँदैन ।
किसमिस
कब्जियतको समस्या भएकाहरूका लागि किसमिस एकदमै राम्रो हो । यसमा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरलाई विकाररहित बनाउन मद्दत गर्छ । साथै, यसले शरीरको ऊर्जा पनि बढाउँछ । बिर्सिने रोग अर्थात् अल्जाइमर भएकाहरूका लागि किसमिस लाभदायक हुन्छ । किसमिसबाट बढी लाभ लिन यसलाई भिजाएर खानुपर्छ ।
बदाम
बदाम प्रोटिनको राम्रो स्रोत हो । यसमा एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ, जसले शरीरका विकारलाई बाहिर निकाल्ने गर्छ । दमको समस्या भएका अथवा गर्भवतीबाहेक अरूले बदाम खाएमा लाभ मिल्छ । तर, शरीर तातो प्रकृतिको छ भने थोरै मात्रामा बदाम खाने गर्नुपर्छ । किनकि, बदाम गर्मी प्रकृतिको खाद्य हो ।

Leave A Comment