रोयल्टी नमाग्ने सर्तमा मिल्यो गलबन्दी विवाद

बुधबार, ११ असार २०७६, ०६ : ४० शुक्रवार
रोयल्टी नमाग्ने सर्तमा मिल्यो गलबन्दी विवाद

प्रकाश सपुतले गाएको ‘गलबन्दी’ बोलको गीतसँग आफ्नो पुरानो गीतको लय मिलेको दावी गर्दै कानुनी उपचार खोज्न प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय पुगेका शम्भु राईले रजिष्टारको निर्णय आउनु अगाडि नै मिलापत्र गरेका छन् । 

प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा राईले दिएको उजुरी विचाराधिन नै छ । कानुन प्रकृयामा गइसकेको विषय कानुनी रुपमै समाधानको साटो दुबै पक्षलाई गीत–संगीत सम्बन्धी काम गर्ने चार संस्था मिलेर बाहिरै मिलापत्र गराएका हुन् ।

संगीत सम्बन्धी चार संस्था र एक ब्यक्तिको रोहवरमा राई ‘गलबन्दी’ बोलको गीतको म्युजिक भिडियोमा सम्भव भएसम्म क्रेडिट दिने तर आर्थिक लाभ दावी नगर्ने सर्तमा राईले मिलापत्र गरेका छन् । 

संगीत रोयल्टी संकलन समाज, प्रस्तोता समाज, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र राष्ट्रिय संगीतकर्मी संघ र काठमाडौं बुढानिलकण्ठका भोजराज थापाको रोहवरमा राई र प्रकाश सपुत गीतको एउटा बोल मिलेको विवादमा मिलापत्र गर्न सहमत भएका हुन् ।

चार बुँदे सहमतीमा गलबन्दी च्यातियो बोल राईको देउसी भैलो गीतको आउँ नाचौ साथी हो सँग मिलेको स्विकार गरिएको छ । सहमती पत्रमा गलबन्दी गीतको संगीत श्रृजना शम्भु राई र पून संगीत श्रृजना प्रकाश सपुत हुने गरी उल्लेख गर्ने र यूट्युवको हकमा प्राविधिक रुपमा मिल्नेसम्म राईको नाम समावेश गरी सच्याउने उल्लेख छ ।
दोस्रो बुँदामा गलबन्दी गीतले अहिलेसम्म र भोलीका दिनमा समेत कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपी अधिकार तथा श्रष्टा। उत्पादन, प्रस्तोताले पाउने रोयल्टीमा सपुतको अधिकार रहने र राईले कुनै पनि आर्थिक र प्रतिलिपी अधिकारमा दावी नगर्ने सहमती गरिउको छ ।

तेस्रो बुँदामा राईले सो गीत विवादबारे प्रतिलिपी अधिकार रजिष्टारको कार्यालय र अन्य निकायमा दिएको उजुरी निवेदन फिर्ता लिने उल्लेख छ । 

Leave A Comment