जाहन्वीको बेली डान्स

बुधबार, १८ असार २०७६, ११ : १६ शुक्रवार
जाहन्वीको बेली डान्स

बलिउडकी हट केक गर्ल जाहन्वी कपुर सामाजिक सञ्जालमा खुबै सक्रिय छिन्। यही सक्रियताले कहिले उनी भाइरल हुन्छिन् त कहिले ट्रोलको शिकारसमेत हुने गरेकी छन्।

उनले हालै इन्स्टाग्राममा बेली डान्स गरिरहेको भिडियो क्लिप राखिन्। धन्न क्लिप ट्रोलरको नजरमा पर्नुभन्दा पहिला नै फ्यानहरुले भाइरल बनाइदिए। रियालिटी सो ‘डान्स दिवाने’का जज सशांक खेतानले उनलाई बेली डान्सको च्यालेन्ज दिएका थिए।

उनले सोही च्यालेन्ज पूरा गर्न बेली डान्स गरेर क्लिप सार्वजनिक गरिन्। अहिले उनका प्रशंसकहरुले उनको बेली डान्सको प्रशंसा गरिरहेका छन्।
 

Leave A Comment