रिसाइन् तनु

बुधबार, १८ असार २०७६, ११ : ३० शुक्रवार
रिसाइन् तनु

यौन दुव्र्यवहारको आरोप लागेपछि बलिउड अभिनेता नाना पाटेकरका सकसका दिन शुरु भए। उनलाई बलिउडले सहज रुपमा स्वीकार गरेन। उनी एक्लिदै गएका थिए।

उनलाई यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन्, नायिका तनुश्री दत्ताले। यो केस अदालतसम्म पुग्यो र पाटेकरले सफाइ पाए। उनले सफाइ पाएपछि अहिले तनुश्री रिसाएकी छन्।

आफ्ना साक्षीहरुलाई धम्क्याएको, घटनाबारे जानकारी नै नभएकाहरुलाई प्रमाणको रुपमा पेश गरेर नाटकीय रुपमा पाटेकरलाई चोख्याउने काम गरेको भन्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै न्यायसमेत मागेकी थिइन्।

Leave A Comment