यौन र पोशाक

शुक्रबार, २० असार २०७६, १२ : ५० शुक्रवार
यौन र पोशाक

डा. दिनेश बाँस्तोला,
यौन जीवनको आधारभूत आवश्यता नभए पनि यौनले जीवनलाई सहजता प्रदान गर्छ। यौनका मामलामा लगाइने पहिरन तथा पोशाकको रंगले पनि महत्वपूर्ण भूमिका खेल्छ। व्यक्तिले पहिरिएको पहिरन (पोशाक) को रंगको आधारमा त्यो व्यक्तिको यौनका बारेमा अध्ययन गर्न सकिन्छ। यस्तो पहिरन व्यक्तिले जानेर लगाएको छ वा नजानी लगाएको छ भन्ने विषयले भने बडो महत्व राख्छ। यदि व्यक्तिले जानेर यौन सूचक रंगको पोशाक लगाएको छ भने यौन आकर्षणको संकेत हुन सक्छ।

मनोवैज्ञानिक रुपमा रंगको संकेत तथा अर्थ व्यावहारिक र अभ्यस्त छ र हुन पनि आवश्यक छ। रंगको आधारमा पनि यौन आकर्षणको संकेत हुन्छ। पूर्ण रुपमा भने व्यक्तिको पहिरन लगायतको रंगलाई नै आधार मानेर यौनको निर्धारण गर्नु हुन्न। यौन आकर्षण गराउने विभिन्न उपाय अपनाउन सकिन्छ। व्यक्तिले पहिरिने पोशाकको रंगअनुसार व्यक्तिको व्यक्तित्व झल्कन्छ।

रातोले आकर्षण
विशेषगरी नेपाली समाजमा रातो रंगलाई सौभाग्यवती, शुभ लक्षणयुक्त मानिने भएकाले महिलाले रातो रंगको पहिरन मन पराउँछन्। महिलाले रातोजस्तो तेजस्वी रंग पहिरिँदा त्यस्ता महिलाप्रति पुरुष आकर्षित हुनु स्वाभाविकै हो।

रातो रंग यौनको समेत संकेत हो। रातो पोशाक यौन जोडीलाई आकर्षित गर्ने संकेत हो। यसको अर्थ राता पोशाक तथा मेकअपमा चिटिक्क पहिरिएर यौन जोडीलाई आकर्षक गर्न सकिन्छ। यसरी रातो रंग पहिरिएर यौन जोडी भेट्दा यौनका लागि आकर्षित हुन्छ। सामान्यतः रातो रंगमा यौन जोडीले भेट्दा त्यो व्यक्तिमा यौन इच्छा तथा चाहना बढी भएको बुझ्न सकिन्छ। विशेषगरी महिलालाई रातो पोशाकमा सजिँदा सुन्दरी देखिन्छ। रातो पोशाकमा पहिरिएर यौन जोडीलाई यौन आकर्षण गर्न सकिन्छ।

सामान्यतः रातो रंग यौनको आकर्षण भएकाले जोडीलाई आकर्षित गर्न रातो पोशाक तथा शृंगार छनोट गर्न सकिन्छ। त्यस्ता पोशाक छनोट गरेर मात्रै हुन्न रंगअनुसारकै बानी व्यवहार पनि हुन आवश्यक छ।

त्यसैले भ्यालेन्टाइन डे मा प्रेमी–प्रेमिकाबीच रातो गुलाब, रातो मुटुको आकृति भएका कुनै वस्तु लिने–दिने चलन छ। त्यति मात्रै हैन रातो लिपिस्टिकलगायतको मेकअपले माया, प्रेम, काम वासना तथा रमाइलो भन्ने अर्थ लाग्छ।

निलो रंग भने अश्लील, सागर, आकाश, फोहोर, उदासको संकेत हो। यस किसिमको रंगको पहिरन गर्ने व्यक्तिमा पनि प्रस्ट रुपमा कामवासना नझल्किने हुनाले यौन जोडीलाई यौनआकर्षण गर्ने उद्देश्यले भेट्दा निलो पोशाक नलगाउनु नै उचित हुन्छ। निलो रंग परिरिँदा यौनाकर्षण कम हुन्छ।

त्यस्तै हरियो रंगले यौवन, काँचो, ताजा। अनुभवहीनको संकेत गर्छ। स्वाभाविक रुपमा रंगको रोजाइ व्यक्तिको व्यक्तित्वअनुसार हुन्छ। यस किसिमको रंगको पोशाक लगाउँदा भने यौवनको संकेत देखिन्छ।

त्यस्तै पहेँलो रंगले रोगी, डरपोक, काँतर, धर्मात्माजस्तो संकेत गर्छ। पहेँलो रंगले यौन आकर्षण र संकेत देखाउँदैन। सामान्यतः पहेँलो रंगको पोशाक पहिरिने व्यक्तिमा यौन इच्छा, चाहना नहुने मनोविज्ञान देखिन्छ। त्यसैले पहेँलो रंगको पोशाकमा यौन जोडीलाई आकर्षित गर्न मुश्किल पर्छ। वस्त्रको रंगलाई आधार मान्दा योगी, संन्यासी तथा पहेँलो वस्त्रधारण गर्ने व्यक्तिमा जानेर वा नजानेर यौन व्यक्तित्वको संकेत हुँदैन। 

संमितताको प्रतीक
सेतो रंगको अर्थ स्वच्छ, शुभ, शुद्ध तथा पवित्र भन्ने हुन्छ। तसर्थ केही धार्मिक संस्थाका अनुयायीले यस्तो वस्त्र पहिरिएको देखिन्छ। सेतो पहिरनले संयमित यौनको संकेत गर्छ। कतिपयले त देखावटी रुपमा यौनको संयमितताको भ्रम छर्न पनि यस्ता पोशाक लगाउँछन्। यस्तो पहिरन लगाउने व्यक्तिको व्यक्तित्व यौनको मामलामा संयमित हुन्छ भन्ने अर्थ लाग्छ। त्यसैले भन्न सकिन्छ कि सेतो पहिरनमा यौन जोडीलाई आकर्षित गर्न मुश्किल पर्छ भने यस्तो पहिरन लगाउने प्रवृत्ति भएका व्यक्ति यौनका लागि कम आकर्षित हुन्छन्।

कालो रंगको अर्थ अस्पस्ट, खिन्न, उदास रिसाएको, अप्रसन्न तथा विरोध भन्ने हुन्छ। यो रंगले यौन आकर्षणको संकेत गर्दैन। कालो रंगको पहिरनमा यौन जोडीलाई यौनका लागि आकर्षित गर्न मुश्किल पर्छ।

हामीले प्रयोग गर्ने रंगको फरक–फरक अर्थ र महत्व हुन्छ। तसर्थ यौनको मामलामा यौन इच्छा र चाहना हुने व्यक्तिले रंगको रोजाइमा असाध्यै ख्याल गर्नुपर्छ। हामीले लगाउने कपडा, शृंगारमा ध्यान जान जरुरी छ। यौन आकर्षणको दुरुपयोगले यौनजन्य अपराधसमेत बढ्दो छ। यसमा भने सजग हुनै पर्छ।

पारदर्शी पोशाक
धेरै भद्दा र औपचारिक (फर्मल) पोशाकभन्दा खुकुलो र पारदर्शी पोशाक नै व्यक्तिलाई आकर्षक देखिने भएकाले यस्ता पोशाकले यौनाकर्षण सहयोग पुग्छ। विशेषगरी महिलाले आधा स्तन देखाउने, नाइटो, तिघ्राजस्ता अंग देखाउनेजस्तो पोशाक बजारी क्षेत्रमा लगाउने चलन बढिरहेको छ। यस्ता पोशाक लगाउँदा यौन जोडीलाई आकर्षित गर्न सहयोग पुग्छ। यस्ता पोशाकले विपरीत लिंगीलाई यौनाकर्षण गर्न सकिन्छ।

महिलाका यौनाङ्ग शरीरभित्र हुनाले पुरुषलाई अभ्यास तथा अनुभव गर्न, देख्ने कौतुहलता हुन्छ। पुरुषका भने यौनाङ्ग बाहिरै हुनाले महिलालाई पुरुषका यौनाङ्गका बारेमा कम कौतुहलता हुन्छ।

तसर्थ व्यक्तिले कुन रंगको पोशाक तथा मेकअप गरेको छु भन्ने हेक्का राखेर हिँड्नु उपयुक्त हुन्छ। विशेषगरी महिलाले पोशाक र शृंगारको रंगमा ध्यान दिनु उपयुक्त हुन्छ। महिलाले लगाएको पोशाकको रंग तथा मेकअपको आधारमा पुरुषले महिलामा यौन चाहना तथा आकर्षण भए वा नभएको आँकल गर्न सक्छन्। त्यसैले सामान्यतः मन पराएको यौन जोडीलाई महिलाले भेट्न जाँदा पारदर्शी किसिमका पोशाक लगाउने हो भने पुरुषलाई आकर्षित गर्न सहजता हुन्छ।

ही कपडा लगाउनुपर्छ भन्ने छैन। महिलाले लगाएको जुन सुकै किसिमको रातो पोशाकले पुरुषलाई आकर्षित गर्न सक्छ। महिलाले लगाएको रातो पोेशाकमा पुरुष नतमस्तक हुने सम्भावना हुन्छ। त्यसैले व्यक्तिले स्वभाव तथा इच्छाअनुसारको पोशाकको छनोट तथा शृंगार छनोट गर्न उपयुक्त हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment