डा. दिनेश बाँस्तोला
अधिकांश यौन क्रीडा, स्पर्श, यौन सम्पर्क मौसममा भर पर्छ। मौसमले यौनको मूडमा प्रभाव पार्छ। प्राकृतिक वातावरण तथा ऋतु अनुकूल यौनकार्य गर्नु उचित हुन्छ। नेपालमा वातावरण अनुकूलका छ वटा ऋतु छन्। ठाउँअनुसार हावापानी फरक हुन सक्छ। ऋतु परिवर्तनसँगै मौसम परिवर्तनको आभास हुन्छ। जसले यौनमा प्रभाव पार्छ।
नेपालको उपत्यका क्षेत्रभित्र मौसमअनुसार ऋतुको विभाजन गरिए पनि सुदूर–उत्तर र दक्षिणमा दुई मौसमकै बाहुल्य छ। महिलाका यौनाङ्गभित्र र पुरुषका जनेन्द्रिय बाहिर हुन्छ। महिलाको भित्री अंग जनेन्द्रियले राप र ताप सहन सक्छन् भने पुरुषका जनेन्द्रियले राप र तापको कल्पना गर्न पनि सक्दैनन्। यसर्थ दुवै (पुरुष–महिला)यौन जोडीमा सुखद् यौनका लागि वातावरण अनुकूल (वातावरणकुलित) हुन आवश्यक छ।
हार्मोनको परिवर्तन
मौसमको परिवर्तनसँगै व्यक्तिको बानी–व्यवहार र हार्मोनको तह परिवर्तन हुन्छ। यौनमा हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ। व्यक्तिमा टेस्टेस्टेरोन, फोलिकल, स्टिमुलेटिङ, ल्युटेनाइजिङ र प्रोल्याक्टिनजस्ता हार्मोन मौसम परिवर्तनसँगै तलमाथि हुन्छन्। यस्ता हार्मोन पुरुष–महिला दुवैमा हुने भए पनि फोलिकल, स्टिमुलेटिङ, ल्युटेनाइजिङजस्ता हार्मोन महिलामा बढी हुन्छ भने पुरुषमा टेस्टेस्टेरोन हार्मोन बढी हुन्छ। यस्तो हार्मोन सबै मौसममा एउटै सामान्य सीमाभित्र सीमाङ्कित रहन्छन्। हार्मोनको सीमाङ्कन हिउँदे मौसममा तल्लो तहमा सीमित हुन्छ भने गर्मी मौसममा माथिल्लो तहमा रहन्छ। गर्मी मौसममा जाडोको तुलनामा हार्मोनको मात्रा सीमाभित्र रहन्छ। विशेषगरी टेस्टेस्टेरोन हार्मोनको मात्रा गर्मी मौसमसँगै परिवर्तन हुन्छ। यसर्थ जाडोको तुलनामा गर्मी मौसममा यौन जोडीबीच यौनजन्य भेट, डेटिङजस्ता गतिविधि बढी भएको पाइन्छ।
त्यसैले जाडोको तुलनामा गर्मी मौसममा हार्मोनको उत्तरचढाव भई यौन आकर्षण तथा उत्तेजना र यौन क्रीडा, यौन सम्पर्क बढी हुन्छ। यसरी हार्मोनलाई समेत आधार मान्दा जाडोको तुलनामा गर्मी मौसममा स्फूर्ति तथा शारीरिक शक्ति बढ्ने र सक्रियता बढ्ने भएकाले यौनमा सक्रियता हुन्छ।
जाडोको तुलनामा गर्मी मौसममा यौनाङ्ग बढी सक्रिय हुने भएकाले यो मौसममा यौन इच्छा, आकांक्षा तथा चाहना बढी हुनु स्वभाविकै हो। विशेषगरी फागुनदेखि असोज महिनासम्मको मौसम यौन इच्छा, आकांक्षा, यौन क्रीडा तथा सम्पर्कका लागि उपयुक्त मौसम हो। कात्तिकदेखि माघ महिनासम्मको मौसम यौन सम्पर्कका लगि उपयुक्त मानिदैन।
जाडोमा हार्मोन र शरीरिक वातावरण अनुकूल नहुने भएकाले यो मौसममा यौनाङ्ग तुलनात्मक रुपमा कम सक्रिय हुन्छ। वातावरण तथा तापक्रमअनुकूल भएको खण्डमा भने यौनाङ्ग सक्रिय हुन सक्छ।
जाडो भन्दा गर्मीमा यौन
अध्ययनअनुुसार सबै किसिमको मौसममा विपरीत लिंगीको अनुहारमा आकर्षण हुन्छ। अनुहार हेरेर यौन जोडी एकअर्काप्रति आकर्षित हुन्छन्। शरीरको स्तन, पेट, यौनाङ्ग र तिघ्रा देखेर भने विपरित लिंगी बढी हिउँदे मौसममा आकर्षित हुन्छन्। महिलाको तिघ्रा वा स्तन देखेर पुरुष मात्रै आकर्षित हुन्छन् भन्ने हैन। यो तर्क पुरुष–महिला दुवैमा लागू हुन्छ। स्वाभाविकै रुपमा व्यक्ति जाडोको तुलनामा गर्मी मौसममा बढी सक्रिय हुन्छन् र शारीरिक रुपमा खुल्न रुचाउँछन्। गर्मी मौसमको सुरुवातसँगै लगाइने वस्त्र पातलिन्छन्। गर्मी मौसममा सामान्यतः व्यक्ति अर्धनग्न भएको देखिन्छ। सामाजिक सिकाइका कारण पनि व्यक्ति गर्मी मौसममा अर्धनग्न हुन्छन्।
पुरुष वा महिला दुवैलाई विपरीत लिंगीको अनुहार, छाला र व्यवहारले यौन आकर्षण बढाउने भएकाले मौसमले यौनको मामलामा प्रभाव पर्छ। जाडोमा बाक्ला र शरीर छोप्ने किसिमले कपडा लगाइन्छ भने गर्मीमा कम कपडा लगाइन्छ। गर्मी मौसममा शारीरिक सक्रियता तुलनात्क रुपमा बढी हुने भएकाले जाडोको तुलनामा गर्मी मौसममा यौन जोडी बढी आकर्षित हुन्छन्। यसको अर्थ गर्मी मौसममा यौन सक्रियता बढ्छ।
नेपालमा वसन्त ऋतु र नयाँ वर्षलाई उदाहरणकै रुपमा लिन सकिन्छ। वसन्त ऋतु तथा नेपाली नयाँ वर्षको सुरुवातसँगै यौन जोडीबीच प्रेम प्रस्ताव तथा माया पिरतीको उमंगको देख्न सकिन्छ। यो यौनका लागि उपयुक्त मौसम हो। गर्मी मौसममा कण्डम बढी बिक्री भएकोलाई आधार मान्ने हो भने जाडोको तुलनामा गर्मी मौसममा बढी यौन सम्पर्क हुन्छ। नेपालमा जाडोको तुलनामा वसन्तको सुरुवातसँगै अश्लील शब्दको प्रयोग बढी भएको पाइन्छ। त्यसैले भन्न सकिन्छ कि यौन क्रियाकलाप तथा यौन जाडोको तुलनामा गर्मी मौसममा बढी हुन्छ।
गर्मीमा उत्तेजना
अर्को उदाहरणका रुपमा बच्चा जन्मनुलाई पनि मान्न सकिन्छ। गर्मीको तुलनामा जाडो मौसममा कम बच्चा जन्मिएको पाइन्छ। अध्ययनअनुसार गर्मीको तुलनामा जाडो मौसममा नवजात शिशुको जन्मदर ०.४ प्रतिशत कम हुन्छ।
त्यति मात्रै हैन, सामान्यतः तापक्रम बढेसँगै यौनजन्य क्रियाकलाका साथै यौनजन्य अपराध गर्मी मौसममा बढी भएको पाइन्छ। गर्मी मौसममा यौन शोषण र बलात्कारजस्ता अपराध बढ्ने जोखिम हुन्छ। त्यसैले भन्न सकिन्छ, गर्मी मौसमको सुरुवातसँगै विवाहको उपयुक्त मौसम हो। यौनका लागि उर्वर मौसम हो। जुन नेपाली समाजमा व्यवहारिक रुपमा पनि देखिन्छ। नेपालमा गर्मी मौसमको सुरुवात भएसँगै जाडोको तुलनामा बढी विवाह गरिन्छ।
यसर्थ पहिलो प्रेम प्रस्ताव, यौन स्पर्श, यौन क्रीडा र यौन तथा यौन सम्पर्कका लागि गर्मी मौसम उपयुक्त हो भन्न सकिन्छ। यसको अर्थ जाडोमा यौन सम्पर्क गरिँदैन भन्ने हैन। जाडो मौसम यौन सम्पर्कका लागि उपयुक्त मौसम हैन। जाडोको तुलनामा गर्मी मौसममा यौन उत्तेजनै बढी हुन्छ।
गर्मी मौसममा व्यक्ति उत्तेजित भएर आन्दोलन तथा द्वन्द्वसमेत भएको पाइन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का
Leave A Comment