सदा जवान देखिन

सोमबार, १७ साउन २०७३, १२ : ०८ शुक्रवार , Kathmandu
सदा जवान देखिन

स्वस्थ खाना खाने
हाम्रो शरीर र छालामा रहेका कोषिकाहरू पुरानो भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहिरहने गर्छ । नयाँ कोषिका बढी सिर्जना भयो भने छालाको चमक कायम रहन्छ । तसर्थ, छालामा चाउरी नपरोस् भन्नका लागि स्वस्थ र ताजा खाना खाने गर्नुपर्छ, जसले नयाँ कोषिका सिर्जना गर्न मद्दत गर्छ ।
 
प्रशस्त पानी पिउने
छालालाई स्वस्थ र जवान राख्न प्रशस्त पानी पिउनुपर्छ । शरीरमा पानीको मात्रा कम भयो भने छाला रुखो, सुखा र अनाकर्षक बन्न पुग्छ । छालाको सुन्दरतालाई कायम राख्न र उमेर ढल्किँदै गए पनि यसको चमक गुम्न नदिन प्रतिदिन तीनदेखि चार लिटर पानी पिउने गर्नुपर्छ । यसरी पानी पिउँनाले छालालाई खराब गर्ने टक्सिन पसिना तथा पिसाबबाट बाहिर जाने गर्छ ।
 म्वाइस्चराइजिङ क्रिम लगाउने
म्वाइस्चराइजिङ क्रिमले छालामा सुखापन आउन दिँदैन र यसको कान्तिलाई कायम राख्छ । जवान देखिने रहर हुनेले म्वाइस्चराइजिङ क्रिम जथाभावी लगाउनु हुँदैन । हातलाई तलबाट माथि गर्दै क्रिम दल्नाले छाला स्वस्थ देखिन्छ ।
कफीको सट्टा हर्बल र ग्रिन टी रोज्ने
हर्बल र ग्रिन टीमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले छालाको बुढ्यौली घटाउने गर्छ । यदि, कफी पिउने गर्नुभएको छ भने र उमेर घकिँदै जान थालेको छ भने तुरुन्तै हर्बल र ग्रिन टीमा आदत बसाइहाल्नुस् । कफी र अन्य क्याफिनयुक्त पेय पदार्थले शरीरलाई डिहाइड्रेट गराउँछ, जसकारण अनुहारको चमक हराउन पुग्छ । साथै, कफी खानाले मानसिक तनावसमेत बढ्छ, जसले छालालाई थप बिगार्ने गर्छ । कफी बढी खानाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यही भएर कफी बढी खाने मानिस चाँडै बुढोजस्तो देखिन थाल्छ, छाला चाउरिन थाल्छ ।
 
 नियमित व्यायाम गर्ने

नियमित व्यायाम गर्नाले मानिस जवान देखिन्छ । व्यायाम गर्दा शरीरमा रक्तसञ्चार र श्वासप्रश्वास तीव्र हुन्छ । यसले शरीरका हरेक कोषिकामा पोषक तŒव पु¥याउने गर्छ । साथै, तीव्र श्वासप्रश्वास र रक्तसञ्चार हुँदा शरीरमा अक्सिजनको इन्टेक पनि बढ्न पुग्छ । यसले छालालाई सुखा हुन अथवा यसमा चाउरी पर्न दिँदैन ।   
 तनावरहित जीवन बाँच्ने
तनाव लिनाले शरीरका विभिन्न कोषिका नष्ट हुन्छन् । यस्ता कोषिका नष्ट भएमा छाला झोल्लिएजस्तो देखिने, दाग देखिने, चाउरी देखिने, छाला रुखासुखा हुने आदि हुन्छ । तसर्थ, ध्यान, योग, जगिङ, गार्डेनिङ, घरपालुवा जनावरसँगको घुलमिल, खेलकुद आदिले मानिसलाई तनावको मात्रा घटाउँछ, जसको सीधा असर पर्छ, छालाको सुन्दरतामा ।  

 

Leave A Comment