दोस्तीमा दरार

शनिबार, २८ असार २०७६, ०१ : ५४ शुक्रवार
दोस्तीमा दरार

फिल्म ‘स्वर’बाट केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमाल एक साथ ठूलो पर्दामा देखिएका थिए। ‘स्वर’पछि तीनै जनाले फिल्म क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाए। भिन्दाभिन्दै फिल्ममा देखा परे पनि यी तीनको दोस्ती भने जारी नै रह्यो। फिल्म क्षेत्रमा पनि उनीहरुको दोस्तीको खुब चर्चा हुने गर्छ। यतिबेला भने यी तीनको मित्रतामा फाटो आएको गाइँगुइँ सर्वत्र छ।

व्यस्त हुँदा पनि साथमै देखिने यी तीन जना हिजोआज फुर्सदको बेला पनि एकसाथ देखिदैनन्। हालै टेलिभिजन सो ‘कमेडी च्याम्पियन’मा सहभागिता जनाउन भनेर केकी र रीमा उपस्थित भए तर त्यहाँ बेनिशा अटाइनन्। सोका निर्णायकका रुपमा ऋचा देखा परिन्। कार्यक्रम सञ्चालनको जिम्मा रीमाले पाइन्। यता कार्यक्रमको प्रोडक्सन टिममा केकी अटाइन्। मात्र बेनिशाको अत्तोपत्तो केही देखिएन।

कुनै जमानाको अति मिल्ने यी साथीहरुबीच ‘डिभोर्स’ भएकै हो त ? बजारमा गसिप गर्माएको छ।
 

Leave A Comment