साटोको इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

बिहिबार, ०२ साउन २०७६, ०७ : ०१ शुक्रवार
साटोको इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

बार कोड नेपालले साटो कम्पनीको सिएलफोरएनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा ल्याएको छ । उसले स्टिल उद्ध्योग, हस्पिटल, प्याथ ल्याब  तथा अन्य प्रतिष्ठानलाई लक्षित गरेर प्रिन्टर नेपाल भित्र्याएको हो ।

यो प्रिन्टरले लगातार लामो समय सम्म बार कोड स्टिकर, स्टिल ट्याग मा २०३ वा ३०० डिपिआइमा गुणस्तरीय छपाई गर्ने बार कोड नेपालले जानकारी दिएको छ । 

बार कोड नेपाल बार कोडिङ्गको क्षेत्रमा प्रसिद्ध  बारकोड प्रिन्टर निर्माता साटो कर्पोरेसन जापानको नेपालको लागी अधिकृत बिक्रेता हो । 

उसले साटो ब्रान्डमा उत्पादित बिभिन्न साइजका उच्च गुणस्तरीय डिटि, टिटि पेपररपोलिस्टर लेबल्सहरु र रेजिन, वाक्स रेजिन रिबन हरु नेपाली बजारमा ल्याएको छ । 
 

Leave A Comment