संसारमै सांगीतिक ब्याण्ड टुटफुट नौलो कुरा होइन। स्थापनाको २५ औं वर्ष बित्न लाग्दा लोकप्रिय ब्याण्ड ‘१९७४ एडी’ पनि टुक्रियो। ब्याण्ड सदस्यहरु छरपष्ट भएपछि एक भएको उदाहरण कमै छन्। तर, ‘१९७४ एडी’ले यस अर्थमा इतिहास नै बनायो। सन् २००८ मा मुख्य गायक फिरोज स्याङ्देन ब्याण्ड छोडेर अमेरिका उडे। २०१४ पछि एड्रियन पनि आफ्नो सोलो करियरतिर लागे। त्यसपछि कहिल्यै एक भएन यो ब्याण्ड। अहिलेसम्म पाँचजना सँगै भएका पनि छैनन्। ११ वर्षपछि ब्याण्ड एकिकृत भएको छ। अब ब्याण्डका सदस्यहरु फिरोज, एड्रियन, मनोज केसी, निराकार याकथुम्बा र सञ्जय श्रेष्ठको पहिलो स्टेज सेयर कस्तो होला ? ब्याण्डका तीनजना सदस्यसँग शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंगः
ब्याण्ड अहिले पनि अपुरो देख्छु त ? बाँकी २ जना खै ?
निराकारः सञ्जय श्रेष्ठ पोखराबाट आउँदैछ। फिरोज त अमेरिकामा नै छ। यहाँ हामी तीन (एड्रियन, मनोज, निराकार) मात्र छौं। फिरोज सेप्टेम्बर १ तारिखमा नेपाल आउँदैछ।
ब्याण्ड पुनः एक भएको खबरपछि दर्शकको कस्तो प्रतिक्रिया छ त ?
निराकारः खुशी छन्।
मनोजः धेरै समयदेखि ‘१९७४ एडी’ फेरि रियुनियन होस् भनेर दर्शक कुरिरहनुभएको थियो। प्रतिक्रिया राम्रो छ। ब्याण्ड छुटेर गएको भनेर रिसाएका फ्यानहरु झनै खुशी हुनुभएको छ।
ब्याण्ड फुट्नुका पछाडि असमझदारीका कुरा सुनेँ। खास के कारण ब्याण्ड फुटेको थियो ?
एड्रियनः कुनै न कुनै बेला त चुकिहाल्छ नि ! भगवान् जस्तै माफी दिन सकिने भए यो झगडा हुने नै थिएन (हाँस्दै)। तर, भइहाल्यो। अब मान्छे हो, इगो प्रोब्लम भइहाल्छ, कतै न कतै चुकिहाल्छौं।
निराकारः हामी जब छुट्यौं नि, त्यो बेलातिरसँगै म्युजिक गरेको झण्डै २० वर्ष भइसकेको थियो। अनि अरु आफ्ना कुराहरु पनि ट्राइ गरुँ, कति ब्याण्डसँग गर्ने भन्ने बनायो। जब हामी ५ वर्ष छुट्टियौं, त्यतिबेला हामी एकजुट भयौँ भने एउटा परिपूर्ति हुन्छ भन्ने लाग्यो। हामी भनेको एउटा हातको पाँच औंला जस्तै रहेछौं क्या। त्यो बेला यी कुरा बुझिएन।
कुनै न कुनै बेला त चुकिहाल्छ नि ! भगवान् जस्तै माफी दिन सकिने भए यो झगडा हुने नै थिएन (हाँस्दै)। तर, भइहाल्यो। अब मान्छे हो, इगो प्रोब्लम भइहाल्छ, कतै न कतै चुकिहाल्छौं।
तपाईं(मनोज)लाई के कारणले ब्याण्ड फुटेको जस्तो लाग्छ ?
अब समय नै हो खासमा। विशेष त ‘१९७४ एडी’ ब्याण्ड सदस्यको आ–आफ्नै महत्व भयो। नेपालमा सबै भन्दा रियुनियनको सम्भावना बोकेको ब्याण्ड हाम्रो थियो । सबैको इच्छा हामी एकजुट होस् भन्ने नै थियो। हामी पाँचजना पाँच पाण्डवजस्तै भयौं। एकजुट भयो भने जे पनि गर्न सक्ने, १/२ भयो भने कमजोर हुने। सबैजनाको आ–आफ्नो प्राथमिकता हुन्छ जीवनमा। सबै एकैचोटी सँगै जानलाई त गाह्रै हुन्छ। एउटै घरमा जन्मेको पाँचजना दाजुभाइलाई त गाह्रो हुन्छ। फरक घरमा जन्मेर, एकजुट भएर, यत्रो वर्ष काम गरेर अघि बढ्दा यस्तो हुने रहेछ। अब हामी फर्केका छौं।
एड्रियनः यो दैवको खेल हो। अनि यो छुट्टिनु परेको पनि आशीष हो। त्यसले गर्दा पनि फ्यानहरुमा तृष्णा बढ्यो। ब्याण्ड मेम्बरमा पनि रियलाइजेसन भयो। एकअर्काको कमी महसुस हुन थाल्यो। अन्त्यमा पोजिटिभ रिजल्ट आयो।
रियलाइज हुन पाँच वर्ष लाग्यो है ?
निराकारः त्योभन्दा अगाडि नै मनमा त अलिअलि थियो तर ५ वर्षमा अब गर्नैपर्छ, गरेन भने बित्छ जिन्दगी भन्ने भयो (हाँस्दै)।
फिरोजले ब्याण्ड छोडेर अमेरिका उडेपछि ब्याण्ड फुटेको भन्ने थियो। हो ?
निराकारः फिरोज दाइ गइसकेपछि पनि हामी चार जना त सँगै थियौँ। चार जनाले एउटा एल्बम पनि निकाल्यौँ तर फिरोज दाइ हुँदा जुन कम्प्लिट होलनेस हुन्थ्यो, त्यो हामीमा हुँदैनथ्यो। त्यो बेला अलिकति गाह्रो भयो। त्यो एल्बमपछि झन् अर्को निकाल्यौँ। अब एल्बम मात्र निकालेर त भएन नि ! मिनिङफुल हुनुप-यो, भ्यालु पनि हुनुप-यो। फिरोज दाइले छोडेर जानु हुँदा ब्याण्ड अलिकति कमजोर भइसकेको थियो। ब्याण्डमा उहाँको आफ्नै बलियो पक्ष थियो। त्यो अभाव नहोस् भनेर हामीले केके नाटक गर्नुप-यो। ओरिजनल वाद्यवादन छोडेर अर्कैमा जानुप-यो।
एड्रियनः (थपिहाले) मैले ड्रम छोडेर गीतार बजाउनुप-यो।
निराकारः सञ्जय ड्रममा आउनु प-यो। केके भयो केके नि ! त्यसले गर्दा तोड त पर्दिहाल्छ। अब, फुटबल फिल्डमा गोल किपर गएर फरवार्ड खेल्न खोज्यो भने टिम नै अलिकति कमजोर हुँदै जान्छ नि ! त्यस्तै भयो।
फिरोजले ब्याण्ड छोडिसकेपछि एड्रियन पनि बाहिरिए। खास कारण के थियो ?
एड्रियनः फिरोज दाइले त ब्याण्ड छोड्नु भएको सन् २००९ मा हो। त्यसपछि ५ वर्ष हामीले कन्टिन्यु ग-यौँ। निराकार दाइले भन्नु भएजस्तो फिरोज दाइ नभए पनि हामीले गर्न सक्छौं भनेर लागि प-यौँ। तर, अलिकतिहुँदै झनझन् गाह्रो हुँदै गयो। त्यसपछि ब्याण्ड असन्तुलित भयो। फ्रस्टेसनहरु आयो। नहुने रहेछ भन्ने सोच आएपछि म पनि त्यो स्टेप लिन बाध्य भएँ। सन् २०१४ को अन्तिममा ब्याण्ड छोडेँ।
फिरोजले ब्याण्ड छोड्नुको खास कारण के थियो ?
फिरोज : लोडसेडिङ ! (हाँस्दै)
निराकार : लोडसेडिङ नै हो। गीतार अभ्यास गर्न पाएन।
फिरोज : १८ घण्टा बत्ति जाँदा रेकर्डिङहरु हुँदैनथ्यो। तर अब यो कुराबारे उहाँलाई सोध्नुपर्छ।
फिरोजले ब्याण्ड छोड्दा असमझदारी थियो केही ?
निराकार : थिएन। उहाँले छोडेर जाँदा सँगै डिनर गरेर छुटेका थियौं। बीचबीचमा मौका पाउँदा सँगै बजाउँथ्यौं। सन् २०१२ मा सँगै अष्ट्रेलिया टुर गयौँ। त्यस्तै हो, सँगै हुँदा धुमधडाका हुने, छुट्टाछुट्टै हुँदा फितलो भएर जाने के !
ब्याण्ड फुटिसकेपछि कता व्यस्त हुन थाल्नुभयो ?
निराकार : हामी त यहीँ थियौँ। यहाँ म्युजिक स्कुल केजीसी (काठमाडौं ज्याज कन्जरभेटरी) पनि छ। त्यसमै व्यस्त थियौँ। केजिसीकै चार जना भाइहरुसँग एउटा एल्बम पनि निकाल्यौँ। तर, बीचमा पारिवारिक समस्याहरु पनि आए। तीनै जनाको (मनोज, सञ्जय, निराकार स्वयं) आफ्ना समस्या समाधान गर्न व्यस्त भयौँ। अब ‘द गुड डेज आर ब्याक’।
एड्रियन : मेरो त २००४ देखि नै सोलो करियर साइडमा थियो। मैले त्यही कुरालाई निरन्तरता दिएँ। सन् २०१६ र ०१७ मा फिरोज दाइसँग मिलेर ‘द ओरिजिनल डुओ’ भनेर देशविदेश टुर गरेँ। एउटा एल्बम ‘ल है’ निकाल्यौं, त्यत्ति हो।
मनोजः म पनि केजिसीमै थिएँ। पहिलादेखि पनि ब्याण्डमा साउण्ड डिजाइनिङ गर्थें। त्यसपछि मैले आफ्नो अरु प्रोजेक्टहरु गरेँ तर पछि ब्याण्डको मेम्बर यताउता गइसकेपछि पनि केजिसीकै विद्यार्थीहरुसँग ‘१९७४ एडी’ ब्याण्ड कन्टिन्युँ गरुँ भनेर धेरै नै काम गरेँ। प्राय म्युजिक नै गरिरहेँ। अरु बिजनेस केही गर्ने भनेर ध्यान दिइएन। कुनै दिन ब्याण्ड रियुनियन हुन्छ होला भन्ने थियो।
भिजिट नेपालको टुर त हामी गर्छौं नै। त्यसबाहेक हामी दर्शकमा ‘१९७४ एडी’ कमब्याकको लागि अभ्यास गर्दैछौँ। फिरोज दाइ आउनुहुन्छ अब। अनि हाम्रो पहिलो योजना नै एल्बम निकाल्ने हो। काम भइरहेको छ। फिरोज दाइ आउनु भएपछि हामी त्यो एल्बम सकाउँछौँ। त्यसपछि नेपालका विभिन्न ठाउँमा कन्सर्ट गर्ने योजना छ। त्यसपछि २०२० सम्म अन्तर्राष्ट्रिय टुर गर्दैछौँ।
ब्याण्डमा नयाँ सदस्य पनि जोडिएका थिए नि ? अहिले उनीहरु कता छन् ?
निराकारः म, मनोज अनि सञ्जयसँग हाम्रो विद्यार्थीहरु मिलेर ‘१९७४ एडी लाइनअप’ भनेर सुरु गरेका थियौँ। नयाँ एल्बम ‘हजार सपना’ पनि निकाल्यौँ। भाइ रोहित, प्रज्ज्वलन, सुवास थियो। अहिले रोहित आफ्नो सोलो करियर अघि बढाइरहेको छ। एकजना अस्ट्रेलिया गइसक्यो। दुई जना युरोप जाँदैछन्। राम्रै गरिरहेका छन्।
पुरानो सदस्य एकजुट भएपछि ब्याण्डमा जोडिएका नयाँ सदस्यलाई वास्तै नगरेको हो ?
निराकारः उनीहरु अब विदेश गएर ५ वर्ष त्यता पढ्छन्। उनीहरुलाई ब्याण्ड भन्दा पनि संगीत शिक्षामा धेरै नै इच्छा थियो। अहिले उनीहरुले राम्रै विश्वविद्यालयमा एडमिसन पनि पाएका छन्। ‘१९७४ एडी’सँग मिलेर उनीहरुले राम्रै अनुभव बटुले।
उनीहरु ब्याण्डमा फर्किन चाहे भने ?
मनोजः कुनै ठाउँमा जरुरी भयो भने राख्न सक्छौं। पहिलादेखि नै हामीले ‘१९७४ एडी’को म्युजिक कहिल्यै पनि पाँच जनामा सीमित राखेनौँ।
निराकारः कोर मेम्बर हामी हौं। अब हामीले डिसाइड गरेर हुँदैन क्या ! दर्शकको हिसाबले ‘१९७४ एडी’ भनेको पाँच जना नै हो। खास भन्ने हो भने यो ब्याण्ड सुरु गर्दा अरु मन्छे पनि थिए। भानु दाइ, नवाङ भन्ने थियो। तर, अहिले आएर मैले उहाँहरु ‘१९७४ एडी’को सदस्य हो भन्यौं भने दर्शकले नै मान्नु हुन्न।
ब्याण्ड पुनर्गठन हुनुपर्छ भनेर कतिबेला लाग्यो ?
मनोज : बीचमा निराकार दाइ र एड्रियन दाइ एकदुई पल्ट भेट्नु भएको थियो। भेट हुँदा रियुनियन गर्नुपर्छ भनेर कुरा भएको थियो। दुई वर्षअघि भेटेको बेला सबैलाई एक बनाउनु पर्छ भन्ने भइरहेको थियो मनमा। तर, कसैले एकअर्कालाई भन्ने आँट गरेको थिएन। तर २ महिनाअघि एउटा टिम आयो हाम्रोमा। भिजिट नेपालबाट हुनुहुन्थ्यो उहाँहरु। उहाँहरुको टुरमा ब्याण्ड एक भएर आउनुप-यो भन्ने प्रस्ताव राख्नुभयो। हामी तयार भयौं। हामीले फिरोज दाइ र एड्रियन दाइसँग कुरा ग-यौँ। अनि हामी मिल्यौं। सायद त्यही राइट टाइम थियो।
अबको योजना ? कसरी दर्शकलाई भेट्ने मन छ यो ब्याण्डलाई ?
मनोजः भिजिट नेपालको टुर त हामी गर्छौं नै। त्यसबाहेक हामी दर्शकमा ‘१९७४ एडी’ कमब्याकको लागि अभ्यास गर्दैछौँ।
निराकारः फिरोज दाइ आउनुहुन्छ अब। अनि हाम्रो पहिलो योजना नै एल्बम निकाल्ने हो। काम भइरहेको छ। फिरोज दाइ आउनु भएपछि हामी त्यो एल्बम सकाउँछौँ। त्यसपछि नेपालका विभिन्न ठाउँमा कन्सर्ट गर्ने योजना छ। त्यसपछि २०२० सम्म अन्तर्राष्ट्रिय टुर गर्दैछौँ।
छरिएर आ–आफ्नै करियर बनाइरहँदा ब्याण्डलाई कत्तिको सम्झनु हुन्थ्यो ?
निराकारः २० वर्ष भनेको आधा जिन्दगी नै त हो ! सँगै म्युजिक बजाएर हिँड्यौँ। पहिलाको टुरमा त ३÷४ महिना गाडीमा सँगै हिँड्ने।
एड्रियनः सँगै खाने, सँगै सुत्ने, सँगै झगडा गर्ने, मिल्ने (नोस्टाल्जिक हुँदै)। ब्याण्डलाई जन्म दिने त फिरोज दाइ र निराकार दाइ हो। अवश्य जसले जन्म दियो त्यस चिजप्रति उनीहरुलाई धेरै माया हुन्छ। सायद दाइको मनमा त्यही माया भएर होला, हामी एक हुनुपर्छ भनेर दाइले सुरुमै मलाई भन्नु भएको थियो। इच्छा त थियो होला सबैको मनमा तर त्यो कुरा पहिला दाइको मुखबाट फुट्यो। अनि सबैमा रियलाइजेसन भयो।
ब्याण्ड फुटेपछि जोड्न गाह्रै पर्छ। ‘१९७४ एडी’ले त इतिहास नै रच्यो है ?
मनोज : परामिटर हो नि त !
एड्रियन : आत्मिक कुरा जोडेर आउँछ क्या ! व्यक्तिको जीवनमा नेगेटेभिटी र पोजिटिभिटीको हमेसा झगडा भइरहेको हुन्छ। हामी अनुभवी भयौं। परिपक्व भयौं।
पाँच जनाले फेरि त्यही स्टेज सेयर गर्दा कस्तो अनुभव होला है ?
एड्रियन : मैले यो सिङ्गो ब्याण्डसँग बजाउन नपाउँदा धेरै मिस गरेँ क्या ! फिरोज दाइ जानु भएदेखि धेरै मिस हुन्थ्यो। अब यसपालि निकै खुशी छु। फिरोज दाजु आएर सँगै पहिलो अभ्यास गर्दा सायद म भावुक पनि हुन्छु होला। (गम्भीर हुँदै)
ब्याण्ड फुटेपछि ‘१९७४ एडी’ पाँचैजनाको कहिल्यै सँगै भेट भएको छ ?
निराकार : एक दुईचोटी होला (सोच्दै)।
मनोज : पाँचै जना त भेटेको छैन। चार÷चार जना भेटेका छौं। हामी युएस टुरमा हुँदा फिरोज दाइलाई भेट्यौं। एकचोटी एयरपोर्टमा एड्रियन दाइलाई भेट्यौं।
म्यानेजमेन्टमा कतिको ध्यान दिइरहनुभएको छ ?
मनोजः हाम्रो ब्याण्ड फुट्नुमा मुख्य कारण म्यानेजमेन्ट नै हो। पहिलादेखि हामी म्युजिक बजाउने भनेपछि मरिमेटेर म्युजिक मात्र बजाउँथ्यौं। म्युजिकलाई कमर्सियल बनाउने, करियर बनाउने भन्ने नै हुन्थेन। त्यसले हाम्रो म्यानेजमेन्ट सधैँ कमजोर नै रह्यो। जीवनमा एक ठाउँमा पुगेर आफ्नो आवश्यकतातर्फ ध्यान जाँदोरहेछ। म्युजिकलाई हामीले करियर बनाउन सकेनौँ। अब आएर हामी हाम्रो गल्ती म्यानेज गर्छौं।
हाम्रो रेकर्डिङ, ब्याण्डलाई मार्केटिङ राम्रो गर्न सक्ने, टुर प्लान गर्न सक्ने टिम नै नयाँ बनाउँदैछौँ। जो म्यानेजमेन्टका लागि योग्य छ, उसलाई छनोट गर्दैछौं।
यो ब्याण्डले सदाबहार गीतहरु प्रस्तुत गर्न सफल भयो ? अब त्यस्ता गीत आउँला ?
एड्रियनः अहिलेसम्मको गीतले आधा जीवन नै धान्यो। अब अर्को आधा जीवन धान्नलाई निकाल्छौँ।
निराकारः अब निकाल्नै प-यो नि ! नत्र त हावामा मात्रै गरेर त भएन नि ! संगीतमा हाम्रो झनै अनुभव बढेको छ। गीत संगीत अझै गहिरिएर लेराउँछौंँ।
प्रायः ब्याण्ड फुटेपछि एकजुट हुन गाह्रैपर्छ। यो ब्याण्डसँग फुटेको अनि एक भएको अनुभव छ। ब्याण्ड किन एक हुन सक्दैन रहेछन् ?
निराकारः मेरो विचारमा, कि उनीहरुको म्युजिक प्रतिको रुचि घट्दै गएको हुनुपर्छ। कि उनीहरुको इगो धेरै भयो।
मनोज : उनीहरुलाई एक बोतल रक्सी, अण्डा, कुचो ल्याएर ड्याम ड्याम हिर्काउनुपर्छ। (ठट्यौली शैलीमा)
(सबैजना गलल हाँसे)
नेपालको संगीतको अहिलेको ट्रेन्डलाई कसरी हेर्नुभएको छ ?
निराकारः हामीले पहिला गीत निकाल्दा युट्युब नै थिएन। तर अहिले सोसल मिडियाको जमाना हो। गीतहरु चाँडै अप्लोड हुन्छन्, ह्वात्त चल्छ, स्वात्त हराउँछ। फेरि अर्को आउँछ। गीतको लाइफ नै छोटो छ के !
एड्रियन : ट्रेन्डिङमा ल्याउनको लागि केके गर्नुहुन्छ आजकल। गीत राम्रो नभए पनि भ्युज हेरेर हिट भन्ने चलन आको छ। मलाई एकदमै चित्त नबुझेको कुरा, यो टेक्नोलोजीले अटो ट्युनर निकालेर जो पनि सिंगर भा’को मलाई पटक्कै मन परेको छैन। (खित्का छोडेर हाँसे)
पुराना दिन कसरी सम्झनुहुन्छ ?
निराकारः रमाइलो हुन्थ्यो। हामी सब फुच्चे थियौं (हाँस्दै)। तर, मलाई लाग्छ आज पनि जुन बेला हामीले सुरु गर्यौं नि ‘सम्झि बस्छु’। त्यतिबेला सबैले आ–आफ्नो घरबाट टिफिनमा खाना ल्याएका हुन्थ्यौं। अनि गीत रेकर्ड गरिसकेपछि बेलुकी मिलेर खान्थ्यौं। फेमस हुनेबारे हामीले कहिल्यै सोचेनौँ। त्यतिबेला जति युवा जाँगर थियो नि, त्यसको दोब्बर अहिले छ।
एड्रियनः सुपर युवा
लेडिज फ्यान अहिले त झनै बढ्यो होला ?
निराकारः त्यही त, अब त डबल नै छ नि !
एड्रियनः सोसल मिडियाको जमाना त एक क्लिकमै भेटिहाल्छ। खाली कन्फर्म मात्रै गर्नुपर्छ (फेसबुकमा रिक्वेस्ट)। बरु पहिला थिएन। मोबाइल हुन्थेन। इमान्दार भएर भन्नुपर्दा युट्युबको एनालाइसिस हेर्दा मेरो त १८ प्रतिशत मात्र लेडिज फ्यान हुनुहुन्छ। बाँकी सबै पुरुष फ्यान। मनोजको चैँ थाहा भएन है अब (ठट्यौली शैलीमा मनोजलाई व्यङ्गय हान्दै)।
मनोजः (एड्रियनको कुरामा थप्दै) फिमेल फ्यान हुनुहुन्छ। ‘१९७४ एडी’को केटाकेटी सबै फ्यान हुन्छ। फ्यान त हाम्रो ब्याण्ड परिवार नै हुन्।
ब्याण्ड कसरी बनेको थियो सम्झना गरिदिनु न ?
निराकारः अब सुरुमा त म फिरोज दाइसँग वेस्टर्न क्लासिकल गीतार सिकिरहेका थिँए। त्यत्तिकै गर्दागर्दै रमाइलोको लागि ब्याण्ड सुरु ग-यौँ। दुई वर्ष सँगै बजायौँ। त्यत्तिकै एउटा एल्बम पनि निस्कियो ‘टाइम आउट’। त्यो एल्बम निस्केपछि संगीतमा गम्भीर तरिकाले जाऔं भन्ने भयो। त्यस बीचमा एड्रियनसँग भेट्यौंँ। ऊ अर्कै ब्याण्डमा थियो। हामीले हाम्रो ब्याण्डमा भेट्यौं। मनोजसँग भेट भयो। ‘सम्झी बस्छु’ भन्ने एल्बमपछि हामी ब्याण्डको रुपमा अगाडि बढेर यहाँ पुग्यौं।
बिट मार्दै गर्दा संगीतमा आधा जिन्दगी बिताएपछि थाहा भयो होला नि, संगीत के रहेछ त ?
एड्रियनः आशीष जस्तै लाग्छ मलाई त। जे सिक्यौं कानको भरमा सिक्यौं। जति गीत गायौं, मनबाट गायौं। जति गीत बनायौं, सबै जीवनको अनुभवबाट बनायौं।
मनोजः म्युजिक मेरो लागि ठूलो पहाडजस्तै लाग्यो। चढ्दै गयो। कहिल्यै नसकिने !
Leave A Comment