अटोमोबाइल बजार

सोमबार, ०६ साउन २०७६, १२ : ०९ शुक्रवार
अटोमोबाइल बजार

‘ब्रान्ड हेरी हेरी किस्ता’ : अनिष खड्का
आइएमइ मोटर,अटोमोबाइल प्रमुख

नेपालमा अटो सेक्टरको बजारमा एकदमै प्रतिस्पर्धा छ। सरकारले सिन्डिकेट हटाएपछि जसले पनि गाडी जता पनि गुडाउन पाउने भएको हुँदा यो बिक्रीको अनुपात गत वर्षको तुलनामा बढेको छ। अहिले बजारमा आएका बसहरु सुविधायुक्त छन्। अमेरिकी कम्पनी डेभिडसन ब्रान्डको बाइक एकदमै राम्रो छ। यो बाइक किन्दा किस्ताको व्यवस्था गरेका छौँ र विभिन्न बैंकहरुसँग सम्झौता गरेका छौँ। ब्रान्ड हेरी किस्ताको व्यवस्था गरिएको छ।

सरकारले बजेटको अटो क्षेत्रमा राम्रो नीति ल्याउन सकेको छैन। कर पनि बढाएको छ। अब बजार यस्तो हुन आँट्यो कि अहिलेसम्म २ लाख पर्ने बाइकलाई अब ३ लाखसम्म पर्ने गरी कर बढाएको छ।

‘प्रयोगकर्ताको कम्प्लेन छैन’ : विमला थापा
म्यानेजर, एमभी ब्रान्ड

४७ वर्षदेखि अटो क्षेत्रमा लगानी गर्दै आइरहेका छौँ। अटोमा हामीसँग रोयल इन्फिल्ड, महिन्द्राका कमर्सियल गाडीहरु, महिन्द्राका कन्स्ट्रक्सन गाडी, कन्स्ट्रक्सन इक्युपमेन्टमा रिटगन र एमकेजी, ट्र्याक्टरमा जोनडियर, तीन पाङ्ग्रेमा पियाजियो छ। पछिल्लो समयमा युवा माझ चर्चित प्रिमियम ब्रान्ड भेस्पा र अप्रिलिया स्कुटर दुगड ग्रुपले बिक्री गर्दै आएको छ। किस्ताको सन्दर्भमा हामीले ब्रान्डअनुसार सुविधा दिँदै आएका छाँै। कति के तिर्ने भन्ने कुरा प्रयोगकर्ताले कति समयसम्ममा तिरिसक्नेमा भर पर्छ।

मुलुकभर सेवा र सुविधायुक्त शाखा विस्तार गरेका छौं। ब्रान्डेड कम्पनीका उत्पादन बिक्री गरिरहेका छौँ। अहिलेसम्म  प्रयोगकर्ताको कुनै कम्प्लेन छैन।

‘ब्याजले सर्वसाधारणलाई अप्ठ्यारो छ’ : शरद मिश्र
अग्नि मोटरकर्प

नेपालजस्तो अल्प विकसित राष्ट्रमा अटोमोबाइल क्षेत्रको भूमिका विशेष हुनुपर्नेमा यसको स्थिति खस्किँदै गएको छ। ५/६ महिनादेखि गाडीको उच्च माग भए तापनि बैंक लचिलो नहुँदा खरिद–बिक्रीमा समस्या छ। बढ्दो ब्याजदरका कारण पनि अटो बजारले मूर्तरूप लिन सकेको छैन।

अहिले बैंकले सवारी साधनमा ५०% मात्र बैंक फाइनान्स सुविधा प्रदान गरेको छ। इलेक्ट्रिक गाडीमा ८०% बैंक फाइनान्स सुविधा छ। विशेषतः बाँकी रकम भुक्तानी गर्न र ऋण रकमको ब्याज तिर्न सर्वसाधारणलाई निकै अप्ठ्यारो छ।

अग्नि ग्रुप महिन्द्रा गाडीको आधिकारिक विक्रेताका साथै नेपालमै अगुवाइमा रहेको प्रतिष्ठित अटोमोबाइल कम्पनी हो। कम्पनीले २८ वर्षदेखि देशका भौगोलिक पक्ष एवं देश विकासका पूर्वाधारहरुलाई मध्यनजर गरी बजारमा सेवा दिँदै आएको छ। बैंक तथा वित्तीय संस्था लचिलो हुने हो साथै यसको लिक्विडिटी बढ्ने हो भने दशैं, तिहारजस्ता पर्वमा अटोमोबाइल क्षेत्रको बजार उज्ज्वल देखिन्छ ।

‘बजार बढिरहेको छ’ : निजेन श्रेष्ठ
होण्डा मार्केटिङ विभाग

अटो बजार बढिरहेको छ। यो वर्षमा मात्र अटोको बजार ११ प्रतिशतले बढेको छ। सोहीअनुसार होण्डाको बजार पनि बढेको छ। बजारको प्रतिस्पर्धाको आधारमा किस्ताको सेवा उपलब्ध गराएको छ। बाइक तथा स्कुटरमा ९.९ प्रतिशतका दरले किस्ता उपलब्ध गराएको छ। बाइक र स्कुटरमा अहिले बजारमा स्कुटरको आकर्षण बढी देखिएको छ। होण्डाको विषेषता भनेकै धेरै समय टिक्ने र यसको उपयुक्त मूल्य नै हो। होण्डाको सर्भिस पनि राम्रो छ।

‘इलेक्ट्रोनिक भेइकलको अवस्था राम्रो’ : टाटा–सिप्रदी ट्रेडिङ प्रालि
प्यासेन्जर बिजनेस युनिट

अहिलेको अटो बजार खस्कँदो छ। तरलता अभाव छ। हाम्रोमा पर्सनल गाडीको  किस्ताको प्रबन्ध ५०/५० छ। पैसाको अभाव छ। कम्पनीको नाममा गाडी किन्दा ७०/३० छ। अहिले डिजेल पेट्राेलबाट चल्ने गाडीको भविष्य राम्रो छैन। इलेक्ट्रोनिक भेइकलको अवस्थामा राम्रो छ। हाम्रो कम्पनीको राम्रो पक्ष सर्भिस हो। नेटवर्क पनि राम्रो छ। टाटाको गाडी भनेको बलियो छ। माइलेजको अवस्था राम्रो छ। बजेटले प्रभाव पारेको छैन। सरकारको नीति गाडी बिक्री वितरणलाई प्रमोट नै गर्ने देखिन्छ।

Leave A Comment