म अहिले तेइस वर्षकी भएँ। उसको र मेरो भेट तीन वर्षअघि एउटा पार्टीमा भएको थियो। अचानक उसको बाइक एक्सिडेन्ट भयो। म हतार हतार अस्पताल पुगेँ। त्यो दिन मेरो बिजनेस स्टडीको परीक्षा थियो। त्यो छाडेर उसलाई भेट्न गएकी थिएँ। यही कारण एक वर्ष पढाइ ढिला भयो। मेरो लागि ऊभन्दा ठूलो कोही थिएन। दुर्भाग्य हाम्रो सम्बन्धमा अरु कसैको आँखा लाग्यो। भएछ के भने, उसले म नभएको बेलामा साथीहरुसँग बसेर ड्रिङ्क्स गरेछ। अरु कोही केटी साथीसँग उसको शारीरिक सम्बन्ध भएछ। अहिले ती युवती ५ महिनाकी गर्भवती छिन्। ऊ भन्छ मैले केही थाहा पाइनँ, यसमा मेरो गल्ती छैन। म कसरी मानौँ ?
यस किसिमको अपराधलाई म कसरी माफ गरौँ ? त्यो केटीको पनि के दोष ? झन् अब जन्मन लागेको बच्चाको त दोष नै छैन।
उसले मलाई एक पटक भेट्न आऊ भनेर बोलायो। म गएँ पनि। उसले त मलाई विवाहको निम्तो दिन पो बोलाएको रैछ ! म रुँदै घर फर्किएँ। उसले विवाह ग-यो। मेरो जिन्दगी त चकनाचुर भयो।
जसलाई मैले मेरो जिन्दगी सोचेको थिएँ, उसबाट टाढा हुनुपर्दा मलाई कस्तो भइरहेको होला ? कयौँ रात त म निदाउन पनि सकिनँ। उसले रमाइलो गरेको एक रातले मेरो पूरै जीवन बिगारिदियो।
जसलाई मैले मेरो जिन्दगी सोचेको थिएँ, उसबाट टाढा हुनुपर्दा मलाई कस्तो भइरहेको होला ? कयौँ रात त म निदाउन पनि सकिनँ। उसले रमाइलो गरेको एक रातले मेरो पूरै जीवन बिगारिदियो। यतिबेला उसको विवाह भएको पनि एक वर्ष हुन लागेछ। जब जब फेसबुकमा उसको बच्चाको तस्बिर देख्छु, मेरो मुटु निचोरिन्छ।
म त डिप्रेसनमा पर्न थालिसकेँ। रिह्याब सेन्टर लैजाने कुरा भएको छ तर म नर्मलै छु। यत्ति हो, उसको मायाले मात्र पागल भएकी हुँ। अब मलाई सबै पागलै पागल भएको ठाउँमा लैजाँदैछन्। म पागल हुने र बनाउनेसम्मको उसको मायालाई कहिल्यै बिर्सने छैन। उसको मायामा यसरी नै सधैँ पागल भइरहन पाऊँ। पागलपनमै सही सधैँ माया गरिरहन पाऊँ।
स्रोतः टिनेजर युथ कन्फेसन
Leave A Comment