दयाहाङको स्पष्टीकरण

बुधबार, १९ साउन २०७३, १० : २९ शुक्रवार , Kathmandu
दयाहाङको स्पष्टीकरण

फिल्म ‘वीर विक्रम’को ट्रेलर सार्वजनिक भएपछि कतिपयले ‘कबड्डी’सँग मिलेको टिप्पणी गरे । केही अनलाइन मिडियाले त समाचार नै बनाए । हुँदाहुँदा यो विषय ‘वीर विक्रम’को प्रेसमिटमा पनि उठ्यो । तर, ‘कबड्डी’सँग गरिएको तुलनालाई अभिनेता दयाहाङ राईले ठाडै अस्वीकार गरे । ‘‘कबड्डी’मा पनि म भएकाले त्यस्तो लागेको हुन सक्छ । तर, यो एउटा गाउँमा खिचिएको फिल्म हो । कतैबाट पनि यो ‘कबड्डी’जस्तो छैन,’ उनले स्पष्ट पार्न खोजे । ‘बाहिर आएको कुरा सत्य होइन । यो कुरा फिल्म रिलिज भएपछि थाहा हुनेछ,’ उनले थप स्पष्टीकरण दिएका थिए । यो फिल्म कतैबाट प्रभावित नभएर अग्र्यानिक रहेको निर्देशक मिलन चाम्सले पनि प्रेसमिटमा दाबी गरेका थिए ।

 

Leave A Comment