सम्झना, बिर्सना सलललल

शुक्रबार, १० साउन २०७६, ११ : ५८ शुक्रवार
सम्झना, बिर्सना सलललल

कांग्रेसीले बिपी कोइरालालाई सम्झिएको दोस्रो दिन नेकपा सहितको कम्युनिस्ट जमातले पुष्पलाल श्रेष्ठलाई सम्झिए। सामाजिक सञ्जालमा भावपूर्ण श्रद्धाञ्जली दिइयो र उनीहरुले देखाएको बाटो पछ्याउने कसम खाए।

समाजवादी धारका कट्टर समर्थक बिपीको नीति एउटा, उनले बनाएको पार्टीको व्यवहार अर्कोतिर छँदैछ। तापनि उनको पार्टीका नेता वर्षमा एक पटक भए पनि बिपीले देखाएको बाटोसम्म त भन्छन् ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्झन्छन्, भाषणसाषण गर्छन् अनि सपना पूरा गर्ने वाचा गर्छन्, एक दिन। बाँकी ३६४ दिन न बिपी न जिपी !

नेपालमा कम्युनिस्टको बिउ राखिदिने पुष्पलालको हालत पनि उस्तै हो। महान कम्रेड भन्दै उनका चेलाचपेटाले सम्झने पनि त्यही एक दिन हो। एक दिन ठूलाठूला कसम खान्छन्, पुष्पलालको सपना पूरा गर्ने अठोट गर्छन्। बाँकी दिन उही सम्झना बिर्सना सलललल भने जस्तै त हो !
 

Leave A Comment