सेप्टेम्बर १२ मा नयाँ आइफोन

बुधबार, १९ साउन २०७३, १० : ४४ शुक्रवार , Kathmandu
सेप्टेम्बर १२ मा नयाँ आइफोन

विश्वप्रख्यात मोबाइल कम्पनी एप्पलले आफ्नो आगामी उत्पादन आइफोन सेभेन र सेभेन प्लस सेप्टेम्बर १२ मा बजारमा ल्याउने भएको छ ।
म्याक रियुमर्सका अनुसार यसअघि पनि विश्व बजारमा आउने स्मार्टफोनको औपचारिक सार्वजनिक मिति मिलाएका इभान ब्लासले आफ्नो ट्वीटरमा एप्पलले आगामी सेप्टेम्बरसम्म आइफोन सेभेन र सेभेन प्लस बजारमा ल्याउने उल्लेख गरेको हो । उनले ट्वीट गर्दै भनेका छन्, ‘आइफोनको आगामी उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस २०१६ को सेप्टेम्बर १२ मा आउनेछ ।’
यस अघि ब्लासले सन् २०१५ मा आइफोन सिक्स र आइफोन सिक्स प्लसको अनुमान गरेको सार्वजनिक मिति गलत भएको थियो । उनले सेप्टेम्बर ९ मा उक्त उत्पादन बजारमा आउने बताए पनि आइफोनले आफ्नो उत्पादन सेप्टेम्बर ५ मा नै बजारमा ल्याएको थियो ।
एप्पलले आफ्नो आगामी उत्पादनमा एयरफोन ज्याक हटाउनुबाहेक पहिलेजस्तै डिजाइनमा निकाल्ने विश्वास गरिएको छ । आइफोनले ४.७ इन्चको क्यामरालाई अप्टिकल इमेज स्टेबलाइजरका साथ अझै गुणस्तरीय ल्याउने बताइएको छ । ५.५ इन्चको अर्को मोडमा डियुल लेन्स क्यामरा र ३ जीबी ¥याम जडान गर्नेे  विश्वास गरिएको छ ।

 

Leave A Comment