‘झुक्किएर कमेडियन भइयो’

सोमबार, १३ साउन २०७६, ११ : २३ शुक्रवार
‘झुक्किएर कमेडियन भइयो’

गायक बन्न काठमाडौं छिरेका पवन खतिवडा एकाएक कमेडियनको अवतारमा देखिए। भाइन्स फ्लेवरका अन्य देशका भिडियो हेर्दा उनलाई पनि नेपालमा यो फ्लेवर जम्छ कि भन्ने लाग्यो र ट्राई मारे। उनको प्रयास खेर गएन। अहिले उनी सामाजिक सञ्जालमा खुब छाएका छन् ‘माकुरी’को उपनामले। युट्युबमा ‘पिके भाइन्स’ च्यानलबाट शुरु भएको उनको कमेडीयात्रा टेलिभिजनको पर्दामा ‘गोलमाल’सम्म पुगेको छ। मुख बिगारेर हँसाउने पुरातन शैली छाडेर ‘भाइन्स फ्लेवर’ भित्र्याएका खतिवडासँग शुक्रवारका भोला अधिकारीले गरेको अन्तरंगः

के छ हालखबर ?
राम्रै छ।

युट्युब, टिकटक, फेसबुक जताततै म्याकुरी नै म्याकुरी छाएको बेला पनि हालखबर राम्रो नभए कहिले हुनु हैन ? तर आफ्नै च्यानल त्यत्ति चलेको भने रैनछ नि ?
हो त। आफ्नै च्यानल ‘पिके भाइन्स’ मा भन्दा अन्तैतिर भिडियो धेरै चले। आफ्नो च्यानलमा ५–६ लाख हेरिएको भिडियो फेसबुकतिर करोडभन्दा बढी भ्युज देख्दा छक्कै पर्छु। टिकटकमा पनि टन्नै छ रे !

नेपाली कलाकारले कमेडी जनरामा डायलग भन्दा गेटअपमा मिहिनेत गर्छन्। कोही बूढो बन्छन्। कोही नेताको क्यारिकेचर गर्छन्। ती पनि चलेकै छन् तर तपाईंको अभिनयमा गेटअपको साटो पञ्चलाइन हाबी छ। यो आइडियाको स्रोत ?
अग्रज कमेडियन कलाकारहरुले पुराना प्याटर्न बसाल्नुभयो तर विश्व बजारमा त व्यङ्ग्यको भिन्नभिन्न शैली आइरहेका छन्। स्ट्याण्डअप कमेडी, भाइन्स आइरहेको देखिन्छ। नेपालमा स्ट्यान्डअप कमेडी जमे पनि भाइन्स त्यत्ति जमेको थिएन। भारतीय कलाकार आशीष चचलानीको भाइन्स भिडियो हेरेको, गज्जब लाग्यो। आशीषको भिडियो नेपालमा दोस्रो ट्रेन्डिङमा थियो। ट्रेन्डिङ देखेपछि नेपालमा पनि नेपाली कमेडीको जनरा परिर्वतन हुँदैछ भन्ने लाग्यो। भाइन्स शैलीको कमेडी मन पराउने नेपाली दर्शकको मूड चेक गर्न ट्राई गरौँ न भनेको त, चल्यो।

कति भयो शुरु गरेको ?
धेरै भएको छैन। पाँच महिना अगाडिबाट युट्युबमा भाइन्सहरु हेर्न थालेको थिएँ। आफ्नै च्यानल खोलेको त तीन महिना मात्र भयो। सात वटा भिडियो मात्र बनाएका छौँ अहिलेसम्म।

तीन महिनामै यति भाइरल ! हाइजम्पै हानिएछ त !
अब त्यस्तै भन्नुप-यो। नौलो टेस्ट भएछ। दर्शकले चाँडै नोटिस् गरे।

हल्का स्ट्याण्डअप कमेडीबाट पनि प्रभावित हो ?
स्ट्याण्डअप कमेडी हेर्दै नहेर्ने त हैन। अपूर्व क्षितिज सिंह, हिमेश पन्त, डोरेस खतिवडाहरुको स्ट्याण्डअप कमेडीहरु हेर्छु। स्ट्याण्डअप कमेडीले नेपालमा राम्रो पिकअप लिएको पनि छ। धेरैलाई मेरो शैली स्ट्याण्डअप कमेडीझैँ लाग्दोरहेछ। धेरैले स्ट्याण्डअप पनि गर् भनेर सुझाव दिन्छन् तर म चैँ भाइन्सबाट धेरै प्रभावित हो।

अब स्ट्याण्डअपतिर लाग्ने हो त ?
तत्काल सोच छैन। भविष्य त के थाहा हुन्छ र ! कमेडीमै पनि झुक्किएर आइपुगेको हुँ।

ए, कमेडीमा योजनाअनुसार प्रवेश भएको हैन ?
हैन नि ! म त धनकुटाबाट पढ्छु पनि अनि गायक बन्छु भनेर आएको हो।  कमेडियन भएर दर्शकलाई रमाइलो गराउँछु भन्ने सोचेकै थिइनँ। विदेशी भाइन्स हेरेपछि ट्राई गरौँ न त भनेर ‘द पिके भाइन्स’ युट्युब च्यानलम बनायौं र मोबाइलबाट खिचेर भिडियो हाल्न थालियो। त्यति राम्रो क्वालिटीको भिडियो पनि छैन तर दर्शकले मन पराइदिनुभयो। गायक बन्छु भनेको साथीहरुको संगतले अभिनयतिर लागियो। झुक्किएर कमेडियन बनेको भने पनि हुन्छ।

पछुतो छ कि क्या हो गायकको साटो कमेडियन बनेकोमा ?
छैन, छैन। मज्जा आइरहेको छ।

जिल्लातिर रेडियोमा पनि कार्यक्रम चलाएको हैन ? कमेडी फ्लेवरकै हो कि अर्कै ?
घनकुटाको एउटा रेडियोमा चार वर्षअघि कार्यक्रम सञ्चालन गर्थें ‘छु मन्तर’ भन्ने। कमेडि फ्लेवरकै थियो। तर कार्यक्रम सञ्चालक र प्रस्तोता थिएँ, कमेडियन थिइनँ। रेडियोको अनुभवले पनि यतिबेला काम गरेको हुनसक्छ।

यसभन्दा पहिला कहिल्यै पशुपति मन्दिर छिरेको थिइनँ, मन्दिरबाहिरै डुल्थेँ। मन्दिर गएँ, भोलेनाथलाई ढोगेँ। ऊर्जा आएजस्तो भयो।

टिभीमा पनि काम गरेको हैन ?
टिभी टुडेमा ‘हालत खराब छ’ भन्ने सिरियल बनाउन पैसा हालेको थिएँ तर चलेन। पैसा मात्र डुब्यो। कुनै भिडियोमा ठाडै अश्लील शब्द प्रयोग भएका छन्। कतै डबल मिनिङका शब्द छन्।

लोकप्रिय हुन यस्तोगरिएको त होला। हैन ?
भल्गर हुँदैमा भिडियो हिट हुन्छ भन्ने लाग्दैन। नियतवश त्यस्तो गरेको पनि हैन। तर झट्ट सुन्दा त्यस्तो लाग्न सक्छ। मलाई पनि सुरुवातमा त्यस्तै लाग्थ्यो। तर दर्शकले त्यसलाई अश्लील नमानी सुनिदिनुभयो। हेरिदिनुभयो। अहिलेका पुस्ताले मैले प्रयोग गर्ने किसिमका शब्द पचाइसकेका पनि छन्।

आफूलाई लाग्दैमा अश्लील–श्लील हुन्छ र ?
अहिलेको पुस्ताले ‘भद्रगोल’, ‘मेरीबास्सै’जस्ता सिरियल मन पराउँदैनन्। उनीहरु यौन र लुकेका विषय हेर्न/सुन्न चाहन्छन्। भावनामा लुकेका कुरा भनियो भने रुचाउँछन्। त्यसैले दर्शकको मनोभाव बुझेर नै त्यस्ता शब्द प्रयोग गरेको हुँ।

‘चुतिया बाउ’ भन्ने भिडियोमा तपाईं र श्रीमतीको कुराकानी छ नि, त्यसका शब्द त पच्ने खालको देखिन्न नि ?
मैले जे पस्केँ, त्यसबारे मलाई भन्दा पनि दर्शकले कस्तो प्रतिक्रिया दिनुभयो भन्ने महत्वको कुरा हुन्छ। उहाँहरुले त्यो रुचाइदिनुभएको छ। अलिक उमेर ढल्लेकाले मात्र हो नपचाउने। मेरो टार्गेट अहिलेको युवापुस्ता हो जसले यस्ता शब्द आफैं पनि प्रयोग गर्छन् र पचाउँछन् पनि।

‘चुतिया बाउ’ मा बाउलाई टन्नै गाली गर्नुभएको छ। दर्शक त रमाए। गाली गरेको शब्द सुनेर बा आमाले गाली गरेनन् ?
मेरो घरमा इन्टरनेट पुग्दैन। नेट नपुगेपछि सुरुवातमा बा–आमाले थाहै पाउनु भएन। निकै समयपछि एउटा साथीले घर जाँदा ‘तपाईंको छोरोले खेलेको भिडियो’ भनेर देखाइदिएछ। त्यो हेरेपछि बुवा–ममीले फोन गरेर भयङ्कर गाली गर्नुभयो। ममीले त ‘जन्म दिने बाउलाई यसरी गाली गर्ने ? त्यस्तो शब्द बोल्न लाज लाग्दैन’ भनेर थर्काउनसम्म थर्काउनुभयो नि ! आमाकै गाली खाएपछि गल्ती पो गरेँ कि भन्ने फिल पनि भयो। पछि एक्टिङ हो भन्ने बुझेपछि अहिले ‘तेरो भिडियो यस्तो आएछ’ भनेर खुसी हुँदै प्रतिक्रिया दिनुहुन्छ।

केही अग्रज हास्य कलाकारले तपाईंले कमेडी बिगारेको आरोप लगाएको पनि सुनियो।
केही समयअघि वरिष्ठ कलाकार हरिवंश आचार्यले हामीलाई नै लक्षित गरेर भन्नुभएछ। मलाई यो सुन्दा निकै दुःख पनि लाग्यो। एउटा लिजेन्ड कलाकारले हामी साना कलाकारलाई यसो भन्दा दुरुत्साहन गरेजस्तो लाग्यो। मैले उहाँहरुको ठाउँलाई धमिल्याउन आएको होइन। फरक तरिकाले कमेडी पस्कन खोजको मात्र हो। कमेडीमा नयाँ आयाम थपियो जस्तो पो लागेको छ मलाई त।

हरिवंश आचार्य त्यत्ति अनुभवी कलाकार, त्यत्तिकै त गाली गरेको हैन होला नि ?
विदेशी भाइन्स हेर्ने नेपाली दर्शकलाई नेपाली भाइन्स हेर्न आकर्षित गरेको मात्र हो। नयाँ छौँ, केही ठाउँमा गल्ती–कमजोरी भए होलान्। त्यसलाई हामी बिस्तारै सुधार्दै लैजान्छौँ। तर सबैले त्यस्तो भनेका छैनन्। केही दिनअघि कुमार कट्टेल (जिग्री ) र अर्जुन घिमिरे (पाँडे)सँग भेट भएको थियो। उहाँहरुले राम्रो भन्नुभयो। ‘राम्रो प्याटर्न समातेका रहेछौ, यसलाई नछोड्नू तर पब्लिकले नरुचाएका कुराहरु नहाल्नू’ भनेर सुझाव दिनुभयो। मलाई सुझाव चित्त बुझ्यो।

पैसा सकिएपछि अचानक सिरियल बन्द गर्नुप-यो। न यता, न उताको भइयो। त्यो बेला म लास्टै टेन्सनमा थिएँ। त्यसले मलाई डिप्रेसनमै पु-यायो। आर्यघाटमा सधैँ एकै ठाउँमा बसिरहेको देखेर एकजना पण्डितले ‘बाबु तिमी सधैँ किन रोइरहेको’ भनेर सोध्नुभयो। मैले  दुःख सुनाएँ। उहाँले मेरो हात हेरेर ‘तिम्रो भविष्य राम्रो छ। एकपटक भोलेनाथलाई ढोग, चिताएको पुग्छ’ भन्नुभयो।

स्क्रिप्ट कसले लेख्छ ?
साथीहरुले पनि सघाउँछन् तर लेख्ने त मैले नै हो। एउटा स्क्रिप्ट बनाउन दुई हप्ता जति लाग्छ। भाइन्सहरु हेर्छु। नेपालीमा आफ्नो फ्लेवर दिनुप-यो। अहिलेको नयाँ पुस्ताको मनस्थिति बुझेर कन्टेन्ट बनाउने गर्छु।

तपाईंको भिडियोमा महिलालाई बढी नै होच्याएको देखिन्छ। कतैबाट गुनासो आएको छैन ?
पहिलो भिडियोहरुबाट टन्नै गाली आयो। महिलालाई यसले अत्ति ग-यो, खेलौना नै सम्झियो पनि भने। दोस्रो भिडियोमा सन्देश दिने बनायौँ। त्यसपछि विरोधका स्वर घट्यो। अहिले त्यत्ति विरोध आएको छैन।

टेलिभिजनतिर कसरी आइयो ?
युट्युबमा चलेपछि टेलिभिजनबाट अफर आएको हो। नेत्र राउत भन्ने दाइलाई पहिलादेखि नै चिनेको थिएँ। उहाँले ‘गोलमाल’ सिरियलमा अफर गर्नु भयो। मैले पनि नाइँ भन्न सकिनँ।

युट्युबमा त ठीकै छ तर ग्रामीण क्षेत्रसम्म दर्शक भएका नेपाल टेलिभिजनको सिरियल ‘गोलमाल’मा पनि उही शैली देखिन्छ। युट्युब र टेलिभिजनका दर्शक एकै हो त ?
युट्युबका दर्शक र टेलिभिजनका दर्शक भिन्न छन्। नेपाल टेलिभिजन ग्रामीण तहसम्म पुगेको छ। टेलिभिजनका दर्शकलाई मध्यनजर गरेर बनाउँदा केही विषयमा कम्प्रोमाइज गर्नुपर्छ। गरिरहेका छौं। अपाच्य लाग्न सक्ने शब्द ठाडै प्रयोग नगरी अलि डिप्लोम्याटिक ढंगले, घुमाउरो रुपमा प्रयोग गर्छु। तर त्यत्ति मजा चैँ नआउने सिधै भनेझैँ।

अब थेगोको कुरा गरौं है ! प्रायः हास्य कलाकारले थेगो प्रयोग गर्न छुटाउँदैनन्। तपाईले पनि ‘म्याकुरी’ थेगो प्रयोग गर्नुहुन्छ। कसरी आयो यो थेगो ?
‘म्याकुरी’ थेगो कला क्षेत्रमा आएपछि शुरु गरेको हैन। पहिल्यैदेखि हो। साथीहरुले अश्लील कुरा बोल्थे। म त्यसलाई नै मोडेर सभ्य शब्द बनाएर बोल्थेँ। थेगै बन्यो। केटाहरुसँग गफ गर्दा ‘म्याकुरी’ आइहाल्थ्यो। रेडियोमा पनि ‘म्याकुरी’ भन्न आइहाल्थ्यो तर हिट भएको थिएन। मैले एउटा सिरियलमा अभिनय गर्दा टेक खाएँ, झोँकमा यही शब्द फुत्कियो ‘म्याकुरी’। त्यसपछि साथीहरुले यसलाई राख्दा हुन्छ भन्न थाले। दर्शकले पनि टप्पै टिपे।

कमेडियन हुन थेगै चाहिन्छ र ?
थेगोले मात्रै हिट हुन्छ भन्ने त लाग्दैन। धेरै कलाकारले सिरियलमा थेगो बोलिरहेको देख्छु तर एक दुई भन्दा चलेको पनि देख्दिनँ। थेगो भन्दा पनि स्क्रिप्ट राम्रो चाहिन्छ। कन्सेप्ट पनि राम्रो हुनु प-यो।

अब पारिवारिक कुरा गरौं है। आफ्नो पृष्ठभूमि बताइदिनुस् न।
म धनकुटाको मध्यम वर्गीय परिवारको सदस्य हुँ। बुबा प्राविको अस्थायी शिक्षक हुनुहुन्छ। आमा गृहिणी। गाउँमा सरकारी स्कुलमा पढेको हो। गाउँमा पढाइ राम्रै थियो। क्लासमा फस्ट नै हुन्थे। कलेजमा साइन्स पढेको थिएँ।

काठमाडौंको यात्रा कसरी ?
बिएस्सीको सर्टिफिकेट बोकेर जागिर पनि खाने, गायक पनि हुने भनेर काठमाडौँ आएको। जागिर खोजियो। पाइएन। आफन्त पर्ने एक जना माइजू–हजुरआमासँग बस्न थालेँ। धेरै माया गर्नुहुन्थ्यो तर काम नगरी बस्दा दुःख दिएजस्तो लागिरहन्थ्यो। चिनेजानेका अरु थिएनन्। काम खोज्न कता जानु ? दिनदिनै पशुपति आर्यघाटमा गएर मान्छे जलाएको हेरेर बस्न थालेँ। आर्यघाटमा मान्छेहरुका लाश जलिरहेको हेर्दैगर्दा कति पटक भक्कानिएँ। खासमा टिभी टुडेमा ‘हालत खराब छ’ भन्ने सिरियल बनाउन पैसा हालेको थिएँ। त्यहाँ हिट भयो भने ठूला टेलिभिजनबाट अफर आउला भन्ने लागेको थियो तर पैसा सकिएपछि अचानक सिरियल बन्द गर्नुप-यो। न यता, न उताको भइयो। त्यो बेला म लास्टै टेन्सनमा थिएँ। त्यसले मलाई डिप्रेसनमै पु-यायो। आर्यघाटमा सधैँ एकै ठाउँमा बसिरहेको देखेर एकजना पण्डितले ‘बाबु तिमी सधैँ किन रोइरहेको’ भनेर सोध्नुभयो। मैले  दुःख सुनाएँ। उहाँले मेरो हात हेरेर ‘तिम्रो भविष्य राम्रो छ। एकपटक भोलेनाथलाई ढोग, चिताएको पुग्छ’ भन्नुभयो। यसभन्दा पहिला कहिल्यै पशुपति मन्दिर छिरेको थिइनँ, मन्दिरबाहिरै डुल्थेँ। मन्दिर गएँ, भोलेनाथलाई ढोगेँ। ऊर्जा आएजस्तो भयो।

भोलेनाथले भाइरल बनाइदिए त ?
त्यसपछि बिस्तारै पोजिटिभ कुरामा ध्यान दिन थालेँ। त्यसको केही दिनपछि  सरोज घिमिरेजस्तो राम्रो साथी पाएँ। त्यसपछि राम्रो हुँदै गयो। त्यसैको प्रभावले होला, अहिले राम्रै भएको छ।

ह्याण्डसम अनि पपुलर पनि। गलफ्रेण्ड त पक्कै होलान् है ?
हा हा हा (लामो हाँसो) चर्चामा आएपछि प्रेम प्रस्ताव र बिहे गर्छु भनेर एसएमएस गर्ने धेरै नै हुनुहुन्छ। तर अहिले करियरलाई ध्यान दिएको छु।

अहिलेसम्म पर्दाबाहिर लभै परेको छैन त ?
लभ नपरेको होइन तर विविध कारणले छुट्टिनु प-यो। पछिल्लो समय मलाई प्रेम गर्ने मन छैन।

अन्य कमेडियनभन्दा फरक शैलीले अहिले त चलियो। तर सधैँ एकै फ्लेवर त पक्कै चल्दैन। दर्शक बोर भइहाल्छन्। के छ त योजना ?
समय अनुसार त चल्नैपर्छ। अहिले पनि धेरै रिसर्च गर्नुपर्छ। त्यसमा पनि पुस्ता बदलिने हो। हाम्रो जस्तो समाजमा समस्या त जस्ताको त्यस्तै रहन्छ। युवा पुस्ता जता मोडिन्छन्, त्यसैलाई पछ्याउने हो। प्रस्तुति शैली फेर्ने हो। त्यसमा पनि ‘भाइन्स फ्लेवर’ तत्काल पुरानो हुन्छ जस्तो लाग्दैन।

Leave A Comment