यौनले सम्पर्कपछि स्टामिना घट्दैन

मङ्गलबार, १४ साउन २०७६, १२ : ३७ डा. दिनेश बाँस्ताेला
यौनले सम्पर्कपछि स्टामिना घट्दैन

खेल खेल्ने खेलाडीको उद्देश्य हुन्छ, खेल जित्ने। खेलमा हार जित हुन्छ नै। खेलको हारजितमा खेलाडीको यौनले समेत महत्वपूर्ण भूमिका खेल्छ।

खेलाडीले खेल खेल्नुपूर्व यौन सम्पर्क गर्न हुन्छ वा हुन्न भन्ने चर्चा हुन थालेको छ। खेल खेल्नुअघि खेलाडीले यौन सम्पर्क गर्दा खेलको नतिजा राम्रो हुन्छ वा यौनले नतिजा नकारात्मक हुन्छ भन्ने बहस चल्न थालेको छ। यौनका सकारात्मक र नकारात्मक दुवै पक्ष छन्।

सामान्यतः खेलाडीले खेल खेल्नुपूर्व यौन सम्पर्क गर्नु राम्रो मानिन्छ। खेल खेल्नुअघि यौन सम्पर्क गर्दा नतिजा सकारात्मक आउँछ।

दुई घण्टा अघि यौन
यौन सम्पर्क गर्ने पनि समय हुन्छ। सामान्यतः खेलाडीले खेल खेल्नुभन्दा दुई घण्टा अघि नै यौन सम्पर्क गरिसकेको हुनुपर्छ। खेल खेल्नुभन्दा दुई घण्टा अघि यौन सम्पर्क गरे तनाव कम भई खेल प्रस्तुति राम्रो हुन सक्छ। यौन सम्पर्क गरेको दुई घण्टाभन्दा कम समयम खेल्नुपर्ने अवस्था सिर्जना भयो भने खेलाडी थकित भई खेलको नतिजा राम्रो नहुन सक्छ।

कतिपय अन्तर्राष्ट्रिय खेलाडीले त प्रतिस्पर्धा गर्नु तीन महिनाअघि नै यौन सम्पर्क नगरेको पाइन्छ। कतिपय ठाउँमा प्रतियोगिताको एक हप्तापूर्वबाटै यौन सम्पर्क नगर्न निर्देशन दिइएको हुन्छ। महिलाको यौन सहभागिता पुरुषको तुलनामा निस्क्रिय हुने भएकाले महिला खेलाडीले भने खेल खेल्नुको अघिल्लो रातमै यौन सम्पर्क गर्दा पनि फरक पर्दैन।

यौन मनोरञ्जन तथा सन्तुष्टिको माध्यम समेत हो। यौन सम्पर्क गर्नाले तनाव कम गर्न मद्दत पुग्छ। समयको व्यवस्थापन गरेर यौन सम्पर्क गर्नुपर्छ। यौन जोडी वा कसैको दबाब र तनावमा यौन सम्पर्क गर्नु भने उचित हुँदैन।

खेलाडीका लागि यौन सम्पर्कलाई समस्याको रुपमा लिनुहुन्न। यौनलाई समस्याको रुपमा लिएको खण्डमा यौन सम्पर्कको भोकले खेलाडी नसुत्ने तथा ननिदाउने जोखिम हुन्छ। त्यति मात्रै हैन यौनको अभावमा रक्सी, चुरोट, औषधिजस्ता मद्यपान, धूमपान तथा नसालुपदार्थ सेवन गर्न थाल्यो भने खेल क्षमतामा ठूलो नकारात्मक असर पुग्छ।

त्यसैले खेलाडीलाई यौन इच्छा तथा आवश्यकता भएमा खेल खेल्नुभन्दा दुई घण्टा अघि यौन सम्पर्क गर्न सकिन्छ। विपरीत लिंगीप्रतिको यौन सम्पर्क मात्रै नभई हस्तमैथुन गरी यौन सन्तुष्टि लिँदासमेत खेल खेल्दा शारीरिक तथा मानसिक क्षमता वृद्धि गर्न सकिन्छ।

यौनले क्षमता घट्दैन
खेल खेल्नुपूर्व यौन सम्पर्क नगर्दा खेलाडीको शारीरिक तथा मानसिक शक्तिको बचत हुन्छ भन्ने धारणा थियो, त्यो गलत हो। खेलाडी प्रतियोगितामा जानुअघि यौन सम्पर्क गर्दा नकारात्मक भन्दा सकारात्मक प्रभाव पर्छ। कतिपय खेलमा खेलाडीलाई कण्डम वितरण गरेको पाइन्छ। खेलाडीले यौन सम्पर्कपछि राम्रो प्रदर्शन गर्ने भएकोले कण्डम वितरण गरिएको हो।

व्यक्तिको मस्तिष्क अस्थिर भएको खण्डमा शारीरिक र मानसिक सन्तुलन तथा संयोजन हुँदैन। यस्तो अवस्थामा व्यक्ति अनियन्त्रित भई खेलको प्रतिस्पर्धामा निखारता नआउने जोखिम हुन्छ। त्यसैले शारीरिक तथा मानसिक सन्तुलन र सन्तुष्टिका लागि खेल खेल्नुपूर्व खेलाडीले यौन सम्पर्क गर्दा फाइदै हुन्छ। खेल खेल्नुपूर्व यौन सम्पर्क गर्नै पर्छ भन्ने हैन। इच्छा लागेमा यौन सम्पर्क गर्दा नराम्रो हुँदैन राम्रै हुन्छ।

यौनले तनाव कम
खेलाडी खुसी भई खेलाडीको मानसिक अवस्था मात्रै स्वस्थ तथा मजबुत भए तनावको तह कम हुन्छ। खेलाडीका लागि खेलको प्रतिस्पर्धा आफैँमा तनाव गराउने माध्यम हो। त्यसमाथि यौन तृप्तिलगायतको तनावले खेलाडीको निर्णय गर्ने क्षमतामा कमी ल्याउँछ। यस्तो अवस्थामा खेलाडीका मांशपेशीहरु अनावश्यक रुपमा कसिला हुन्छन्। अनावश्यक रुपमा शरीरका मांशपेशी कसिँदा शरीरका अस्थिपञ्जर मांशपेशी बाउँडिने जोखिम हुन्छ। यस्तो समस्या भए खेलाडीलाई शारीरिक तथा मानसिक रुपमा झन् दबाब पर्छ। मानसिक तनावले खेलाडीको क्षमतामा ह्रास मात्रै आउँदैन प्रतिस्पर्धामा उत्रेर टिक्नसमेत हम्मेहम्मे पर्छ। त्यसैले खेल खेल्नुपूर्व खेलाडीले यौन सम्पर्क गर्नुलाई सकारात्मक रुपमा लिइन्छ। यौन मनोरञ्जन तथा सन्तुष्टिको माध्यम समेत हो। यौन सम्पर्क गर्नाले तनाव कम गर्न मद्दत पुग्छ। समयको व्यवस्थापन गरेर यौन सम्पर्क गर्नुपर्छ। यौन जोडी वा कसैको दबाब र तनावमा यौन सम्पर्क गर्नु भने उचित हुँदैन।

खेल खेल्नुपूर्व गरिने यौन सम्पर्कले खेलाडीलाई सकारात्मक प्रभाव मात्रै पार्छ भन्ने छैन। नकारात्मक प्रभाव पनि पर्न सक्छ। बढी यौन सम्पर्क गर्नाले खेलाडीको क्षमतामा नकारात्मक प्रभाव पनि पार्न सक्छ। जसको कारण खेलमा समेत नकारात्मक असर पुग्न सक्छ। यौन सम्पर्क गरेर ढिलो सुत्दा निद्रा गुम्न सक्छ। जसरको कारण खेलाडी शारीरिक तथा मानसिक रुपमा शिथिल भएर चाँडै थाक्ने भएकाले खेल क्षमता देखाउन मुस्किल पर्छ। त्यसैले यौन सम्पर्क गर्दा स्वस्थ हुनुपर्छ। निद्रा बिग्रने र तनाव हुने किसिमले खेल्नुपूर्व यौन सम्पर्क भने गर्नु हुँदैन।

यौनको भोक
यौनले भोकाएको खेलाडीको यौन चाहना अत्यधिक हुने भएकाले खेल प्रतियोगितामा समेत खेलप्रतिको ध्यानमा निरन्तरता हुँदैन। यस्तो अवस्थामा खेलाडी क्षमताविहीन हुन्छ। यौन कुण्ठा र चाहनाले खेलाडी एकोहोरिँदा खेलभन्दा यौनमा बढी ध्यान जाने भएकाले खेलाडीले राम्रो खेल प्रदर्शन गर्न मुस्किल पर्छ।

सन्तुलित तथा स्वस्थ यौन आवश्यक हुन्छ। खेल खेल्नुपूर्व यौन सम्पर्क गर्दा समस्या पनि निम्तिन सक्छ। यौन जोडीबीचमा खटपट हुन सक्छ। त्यसैले खेल खेल्नुपूर्व खेलाडीले यौन सम्पर्क गर्ने वा नगर्ने भन्नेमा खेलाडी स्वयं र प्रशिक्षकले निक्र्योल गर्नुपर्छ। 

आत्मियताले मस्तिष्कको अवस्थामा सुधार ल्याउँछ। खुसी खेलाडीले भावनात्मक रुपमा तटस्थको अवस्थामा आफूलाई परिमार्जन गर्छ। कतिपय खेलाडी रिसाएको वा ध्वंसात्मक बानी व्यवहारमा विश्वास गर्छन्। भावनात्मक, नरम र चिसो सोचले सजिलैसँग विचार निस्कन्छ। वास्तवमै सन्तुलित तथा स्वस्थ यौन सम्पर्कले खेलाडीको क्षमता बढाउँछ। खेलाडीले खेल खेल्नुपूर्व यौन सम्पर्क गर्ने वा नगर्ने भन्ने विषयमा वैज्ञानिक अध्ययन हुन भने आवश्यक छ।
प्रस्तुतिः उपेन्द्र खड्का

 

Leave A Comment