अफ रोडमा फिट ‘अप्रिलिया स्ट्रोम’

शुक्रबार, १७ साउन २०७६, १२ : ३२ शुक्रवार
अफ रोडमा फिट ‘अप्रिलिया स्ट्रोम’

दुई पाङ्ग्रे सवारीमा स्कुटर अफ रोडमा त्यत्ति राम्रो मानिन्न। यसको बनावटको प्रकृति सहरी क्षेत्रका लागि उपयुक्त मानिन्छ। तर सहज सवारीले सहरी क्षेत्रमा मात्रै हैन ग्रामीण भेगमा पनि स्कुटरको माग हुन्छ नै।

ग्राहकको रोजाइलाई हेरेर केही स्कुटी निर्माताले नेपालको ग्रामीण क्षेत्रको कच्ची सडकमा समेत सहजरुपमा चलाउन सकिने स्कुटी नेपाल भित्र्याउने गरेका छन्। दुगड ब्रदर्स एण्ड सन्स प्रालिले ग्रामीण क्षेत्रका सडकमा समेत सहजरुपमा चलाउन सकिने स्कुटर ‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाल भित्र्याएको छ।

कम्पनीका अनुसार यो स्कुटर सहरी क्षेत्रका सडकका लागि सहज छ नै ग्रामीण भेगका सडकमा समेत सहज रुपमा चलाउन सकिन्छ। कम्पनीका अनुसार १ सय ६० मिलिमिटर ग्राउण्ड क्लियरेन्सल अफरोडमा सहजै चलाउन सकिन्छ यो स्कुटी।

‘प्रायः स्कुटर अफ रोडमा चलाउन मिल्दैन,’ एमभी दुगड ग्रुपकी पीआर हेड बिमला थापाले भनिन्, ‘अप्रिलिया स्ट्रोम स्कुटर अफ रोडमा पनि सहजै चलाउन सकिन्छ।’

हिजोआज स्कुटी महिलामाझ मात्रै हैन, पुरुषले पनि उत्तिकै रुचाउँछन्। पछिल्लो समय स्कुटी चलाउने पुरुषको संख्या बढ्दो छ। थापा यो स्कुटी महिला पुरुष दुवैका लागि फिट रहेको बताउँछिन्।

अफ रोडमा स्कुटर चलाउँदा चिप्लिने समस्या बढी हुन्छ। अप्रिलियामा सो समस्या नभएको भेस्पा/अप्रिलियाका एरिया सेल्स मेनेजर सागर थापाले बताए।

‘ग्राउण्ड क्लियरेन्स र डिजाइन राम्रो छ,’ थापाले भने, ‘माइलेन्स राम्रो भएकाले युवायुवतीले प्रयोग गर्न सक्छन्।’ उक्त स्कुटर स्पोर्टी लुक्समा भएकाले स्पोर्टी सवारी मन पराउने चालकको रोजाइमा पर्ने गरेको छ।

रेसरहरुले बाइक मात्र चढ्नुपर्छ भन्ने मान्यतालाई तोड्दै स्कुटर प्रयोग गर्ने रेसरहरुका लागि समेत सो स्कुटरमा उच्चस्तरीय इटालियन रेसिङ्ग प्रविधि प्रयोग गरिएको छ।

१ सय २५ सिसीको स्कुटरमा आधुनिक प्रविधिको थ्रि भल्व इन्जिन जडान गरिएको छ। यसले स्कुटर चलाउँदा आरामदायी राइडिङ्ग अनुभव दिन्छ।

स्कुटरमा १२ इन्चको फराकिलो स्पोर्टस अलोय ह्विल भएको टायर सँगै आउँछ। एनालग स्पिडोमिटर, फ्यूल वार्निङ इन्डिकेटर छ। स्कुटरले ७ हजार २ सय ५० आरपिएममा ९.५२ बिपिएच पावर र ६ हजार २ सय ५० आरपिएममा ९.९ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ। इन्धन भण्डारण क्षमता ६.५ लिटर छ।

स्कुटरमा प्रयोगकर्ताले आफ्नो रोजाइअनुसारको रङसमेत छनोट गर्न सक्छन्। स्कुटी म्याट रातो र पहेँलो डिजाइनमा छ। अप्रिलिया स्ट्रोमको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जानकारी दियो। स्कुटर लञ्चको अवसरमा विशेष छुटसहित मूल्य राखिएकाले आगामी असार मसान्तसम्मका लागि मात्र यो मूल्य कायम रहेको हो।

उक्त स्कुटर इटालियन कम्पनी डिजाइन र प्रविधि विश्वभरका उपभोक्तामाझ लोकप्रिय रहेको भेस्पाले उत्पादन गरेको हो। भेस्पाले अप्रिलिया ब्रान्डको स्पोर्टिङ्ग रेसिङ्ग बाइक र स्कुटरसमेत उत्पादन गर्दै आएको छ।

कम्पनीले मुुलुकका विभिन्न २२ वटा शाखा तथा डिलरहरुबाट बिक्रीको प्रबन्ध मिलाएको कम्पनीका हेड अफ अपरेसन विजय महतोले बताए। ‘प्रयोगकर्ताको सहजताका लािग ६ महिनाभित्र थप १० वटा डिलर तथा शाखा नयाँ सहरमा विस्तार गर्ने योजना बनाएको छ,’ उनले भने।
प्रस्तुतिः दिलीप पौडेल
 

Leave A Comment