२०१९ का उत्कृष्ट १० कार

शुक्रबार, १७ साउन २०७६, ०३ : १० शुक्रवार
२०१९ का उत्कृष्ट १० कार

हालै कन्ज्युमर रिपोर्टस् भन्ने संस्थाले २०१९ का लागि अमेरिकामा बिक्रीमा रहेका उत्कृष्ट कारहरुको सूची जारी गरेको छ। उपभोक्ता सम्बन्धी काम गर्ने उक्त गैरनाफामूलक संस्थाले अटो बजारको क्षेत्रमा विभिन्न पाटपुर्जालाई आधार मानी २०१९ का लागि उत्कृष्ट रोजाइमा पर्न सक्ने १० ओटा सवारी साधनलाई छनोट गरेको हो।

कन्ज्युमर रिपोर्ट्समा पर्नका लागि एउटा सवारी समग्रमा हरेक हिसाबले अब्बल प्रमाणित हुनुका साथै त्यसले सडक परीक्षणको कालखण्ड, विश्वसनीयताको पूर्ण ग्यारेन्टी, सुरक्षाको हिसाबले भरपर्दो र ग्राहकको सन्तुष्टि लगायतका मापदण्डहरु पूरा गरेको हुनुपर्छ।

परीक्षणको क्रममा ब्रेकिङ, ह्यान्डलिङ, सुरक्षा स्थिति, इन्धन अनुकूलता साथै करिब ६ हजारभन्दा बढी माइल हाँकिएको आदि कुराहरुको परीक्षण गरी मूल्याङ्कन गरिन्छ।

यसपालि भने सुरक्षाले उच्च प्राथमिकता पाएको छ। वास्तवमा भन्ने हो भने इमर्जेन्सी ब्रेकिङ सहितका सुविधाहरु उपलब्ध भएका कारहरु नै यो सूचीको उच्च प्राथमिकतामा परेका छन्।

‘जसले धान्न सक्छ उसकै विलासिताको लागि मात्रै होइन, सुरक्षा जहिल्यै पनि मापदण्डको रुपमा राख्नुपर्छ,’ कन्जुमर रिपोटर्सले आफ्नो सूची जारी गर्ने क्रममा भनेको छ, ‘मानिसको ज्यान जोगाउन र दुर्घटना न्यूनीकरणमा स्वचालित इमर्जेन्सी ब्रेकिङले निकै प्रभावकारी काम गरेको छ। सबै कारहरुमा सुरक्षाका मापदण्ड लागू हुनुपर्छ भन्नेमा हामी विश्वास गर्छौं।’

टोयोटाले आफ्ना चार ओटा कारको सूचीसहित आफूलाई अग्रपंक्तिमा उभ्याउन सफल भएको छ भने उसलाई सुबरुको दुई वटा कारले पछ्याएको छ। औडी, बीएमडब्लु, फोर्ड र हुण्डाई पनि यो सूचीमा पर्न सफल भएका छन्।
सूचीमा पर्न सफल १० वटा कारहरु २० लाखभन्दा कमदेखि ७६ लाखभन्दा बढी मूल्यका रहेका छन्।
कन्जुमर रिपोटर्स २०१९ का अन्य उत्कृष्ट कार के के हुन् त ?

१. कम्प्याक्ट लक्जरी कारः औडी ए फोर


परीक्षण कालको मूल्यः रु. ५४,०९,०५९ (मूल्यमा कर जोडिएको छैन)
ए फोर अद्भुत क्षमता, पछिल्लो प्रविधि र उत्तम ह्यान्डलिङ सहितको पूर्णतया सन्तुष्ट दिने स्पोर्ट्स कार हो। यसको भित्री भाग ध्वनिरहित छ भने यसमा उच्च गुणस्तरका पाटपुर्जा छन्।

सन्तुलित सस्पेन्सनले सुरक्षित ह्यान्डलिङमा सहयोग गर्छ भने अप्ठेरो यात्रा गर्नुपर्ने कच्ची सडकमा समेत प्रभावकारी र आरामदायी तरिकाले कुद्छ। आवश्यक पर्दा पर्याप्त ऊर्जा र स्वचालित इन्धन ट्रान्समिसनसहित टर्बाे चार्ज गरिएको चार सिलिन्डरयुक्त इन्जिनको कार्यक्षमता निकै प्रभावकारी मानिएको छ।

२. लक्जरी एसयुभीः बीएमडब्लु एक्सफाइभ


परीक्षण कालको मूल्यः रु.७६६६८३१
सन् २०१९ का लागि पुन डिजाइन गरिएको एक्स फाइभ अहिलेसम्म परीक्षण गरेमध्येको एसयुभीहरुमध्ये उत्कृष्ट कार भएको कन्जुमर रिपोर्ट्सले जनाएको छ।

विलासी एसयुभी कार दुवै हिसाबले आरामदायी र हाँक्नको लागि आनन्ददायी बनाउन गाह्रो छ नै तर यहाँ बिएमडब्लुले पूर्ण सन्तुलन सहितको कारको रुपमा निरन्तर पहिचान बनाउन सफल छ।

३. फुल साइज पिकअप ट्रकः फोर्ड वन फिप्टी


परीक्षण कालको मूल्यः ५८६०२७९
भर्खरै पुनः डिजाइन गरिएको चेभ्रोलेट सिल्भेराडो फिप्टिन हन्ड्रेड, जिएमसी सिएर्रा फिप्टिन हन्ड्रेड र -याम फिप्टिन हन्ड्रेड वानफिप्टी जस्ता मोडलबाट उच्च प्रतिस्पर्धाका बाबजुद पनि एवान फिप्टी पहाडको राजाका रुपमा आफ्नो पहिचान कायम गर्न निरन्तर सफल छ।

४. सब कम्प्याक्ट एसयुभीः हुण्डाई कोना


परीक्षण कालको मूल्यः२७९१५३८
सब कम्प्याक्ट एसयुभीको वर्गमा कोना नयाँ र रोचक आगमनका रुपमा दरिन सफल भएको छ। यसको बाहिरी बनोट निकै स्टाइलिस छ भने भित्री भाग पनि आकर्षक देखिएको छ।

कम्प्याक्ट अंशहरु भए पनि कोनाको स्मार्ट डिजाइनले अलि अनेकताको झल्को दिन्छ र यसको अग्लो लिभ्टगेट तथा पछाडिपट्टी छुट्टिने र फेरि मिल्ने सिटहरुको प्रणालीले निकै प्रभावकारी काम गरेको छ।

५. मिडसाइज एसयुभीः सुवरु आसेन्ट


परीक्षण कालको मूल्यः४८९३३६३
पहिलो चोटी डिजाइन भएको तीन तहको खण्डमा विभाजित र माथिको भागतिर घुमेको एसयुभीको विशेषताहरुमा ऊर्जाको किफायती, आरामदायी यात्रा, भित्री भागको राम्रो संयोजन आदि कुराले यसलाई विशेष बनाएको छ।

टर्बो चार्ज गरिएको चार सिलिन्डरको इन्जिनले हरेक दिनको सवारीको जामका समयमा समेत पर्याप्त मात्रामा सञ्चित शक्ति प्रवाह गर्न सफल छ।

६. कम्प्याक्ट एसयुभीः सुभर फरेस्टर


परीक्षण कालको मूल्यः रु.३२७२९८८
भित्र पर्याप्त ठाउँ छ यसमा। यो वर्ष पुनः डिजाइन गरिएको यो कारभन्दा अगाडिका मोडेलभन्दा त्यति फरक देखिदैन तर अहिलेको फरेस्टर भित्रपट्टी छुट्टै अनुभूत गराएको छ।

यसमा अघिल्ला मोडलमा भन्दा अझ बढी ठाउँ छ। यसले इन्धनमैत्रीको मामलामा भने यसले अरुलाई उछिन्छ।

७. ठूला कारः टोयोटा एभालन हाइब्रिड


परीक्षण कालको मूल्यः रु.४३१०६२६
पुनः डिजाइन गरिएको एभालोन एकुरा टिएलएक्स र लेक्सस इएस जस्ता विलासी मोटरकारको विकल्पका रुपमा यो कार आएको छ। यो एउटा स्मार्ट र उचित मूल्यको कार हो। यसमा पर्याप्त मात्रामा ठाउँ छ भने डिजाइन आकर्षक छ।

८. मध्यम आकारको कारः टोयोटा क्याम्री हाइब्रिड


परीक्षण कालको मूल्यः रु.३२२९२६०
क्याम्री हाइब्रिड एकदमै प्रभावकारी कार हो। यसले प्रति ग्यालेन ४७ माइल माइलेज दिन्छ। यसको हाइब्रिड इलेक्ट्रिक पावरट्रेनले सवार गर्दा छुट्टै प्रकारको आनन्दको अनुभूति गराउँछ।

आरामदायी यात्रा र उच्च गुणस्तरको ह्यान्डलिङले पनि यो सूचीमा अटाउन सफल भएको हो।

९. हाइब्रिड इलेक्ट्रीक कारः प्रिअस


परीक्षण कालको मूल्यःरु.३०४७८८०
प्रिअस पब्लिकेसनको रोजाइमा परेको यो १६ औँ पटक हो। हाइब्रिडमा यो अग्रणी मोडल बन्न पुगेको छ। यो मोडलको कारले समग्रमा प्रतिग्यालेन ५२ र राजमार्गमा प्रतिग्यालेन ५९ माइल माइलेज दिने गरेको छ।

१०. सब कम्प्याक्ट कारः टोयोटा यारिस आइए


परीक्षण कालको मूल्यः रु.१९,५९,९३३
यारिस सर्वसुलभ मूल्यमा उच्च गुणस्तरको हुनुका साथै निकै आनन्दको ड्राइभिङ अनुभव प्रदान गराउँछ। २०१९ मा भित्रिएको यो मोडेलले आफूलाई निकै सुधार गरेको छ।

Leave A Comment