पर्वतमा प्रभुको शाखा

शनिबार, १८ साउन २०७६, १२ : ४० शुक्रवार
पर्वतमा प्रभुको शाखा

प्रभु बैंकले पर्वतको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा शाखा विस्तार गरेको छ।

डिमुवा शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल र बिरेठाँटी शाखाको उद्घाटन उक्त गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विस्तारित शाखाबाट सर्वसाधारणलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध हुँने जनाउँदै सेवाग्राही बैंकिङ पँहुचभित्र ल्याउन सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपुर्ण योगदान पुग्ने आशा बैंकले लिएको छ।

Leave A Comment