‘मृत्युको आयु’ बजारमा

शनिबार, १८ साउन २०७६, १२ : ४७ शुक्रवार
‘मृत्युको आयु’ बजारमा

लघुकथाकारको परिचय बनाएका रवीन्द्र समीरको नयाँ कृति ‘मृत्युको आयु’ बजारमा आएको छ। वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा पुगेका व्यक्तिको मृत्युपछि तिनले कसरी सोच्छन् भन्ने विषयमा आधारित रही सूत्रात्मक रुपमा उपन्यास लेखिएको छ।

पेशाले जनस्वास्थ्य विज्ञसमेत रहेका रवीन्द्र समीरको यो कृतिले वैदेशिक रोजगारीको कारुणिक पक्षलाई उजागर गरेको छ।

साना कथालाई उनेर औपन्यासिक रुप दिइएकाले पाठकहरुले छोटामीठा कथा पढेको अनुभूत गर्ने उपन्यासकार समीरले बताएका छन्।

एक सय ६६ लघुकथामा सकिने यो उनको १२ औँ कृति हो। यो उपन्यासले पछिल्लो समय पाठकबाट राम्रो प्रतिक्रिया पाइरहेको समीर बताउँछन्।

लेखक समीरका यसअघि आठ लघुकथा, एउटा मुक्तक संग्रह, नियात्रा संग्रह र संस्मरणसमेत प्रकाशित छन्। पद्मश्री साहित्य पुरस्कार, उत्तम शान्ति, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुरस्कार पाइसकेका समीरको यो पुस्तक फाइनप्रिन्टले बजारमा ल्याएको हो।
 

Leave A Comment