‘समीक्षा पढेर फिल्म हेर्छु’

बिहिबार, २० साउन २०७३, ०९ : ५४ शुक्रवार , Kathmandu
‘समीक्षा पढेर फिल्म हेर्छु’

अर्जुन महत्तरा
नेता, नेपाल विद्यार्थी संघ

केका लागि राजनीतिमा लागियो ?
समाजसेवा गर्न । कर्णालीको उत्थान गर्न लागेको हुँ ।
त्यो गर्न सकियो त ?
सोचेजति गर्न सकेको छैन । केही भूमिका पनि चाँहिदो रहेछ । त्यसका लागि संघर्ष गरिरहेकै छु । कर्णालीका विद्यार्थीलाई सहयोग गर्छु ।
कर्णालीबाट प्रतिनिधित्व गरेर राजनीतिको मूलधारमा आउन गाह्रो छ ?
एकदम गाह्रो छ । निर्वाचन क्षेत्र गनेर महŒव दिने नेताहरूको चलन छ । पहुँच माथिसम्म हुनुपर्छ । वास्ता गर्दैनन् । समस्या धेरै हुन्छन् । सहयोग गर्ने कम छन् ।
मन्त्री बन्ने अवसर आयो भने कुन मन्त्री बन्नुहुन्छ ?
युवा मन्त्री बन्थेँ । विदेशिने युवालाई यतै रोक्ने योजना बनाउँथे । कर्णालीजस्ता पछाडि परेका क्षेत्रको सम्भावना चिनेर केही गर्न युवालाई प्रेरित गर्थें ।
फिल्म हेरिन्छ ?
मेरो रुचि हो, फिल्म हेर्ने । पत्रपत्रिकामा आउने समीक्षा पढेर फिल्म हेर्छु । अरूले दिएका प्रतिक्रिया सुनेर पनि मिलेसम्म फिल्म हेरिहाल्छु ।
पछिल्लोपटक हेरेको फिल्म कुन हो ?
‘गाजलु’ । अभिनय र कथावस्तु राम्रो लाग्यो ।
मन पर्ने अभिनेता, अभिनेत्री ?
श्रीकृष्ण श्रेष्ठ एकदम मन पथ्र्यो । अनमोल केसी पनि ठीक लाग्छ । नम्रता श्रेष्ठ मन पर्ने अभिनेत्री हुन् ।
कस्ता गीत सुनिन्छ ?
लोकगीत र आधुनिक गीत मन पराउँछु ।  
मन पर्ने गायकगायिका ?
पूर्णकला विसी, रामजी खाँड, रामकृष्ण ढकाल ।
सामाजिक सञ्जालमा कत्तिको व्यस्त भइन्छ ?
धेरै चलाउँछु । पेज पनि बनाएको छु ।
सामाजिक सञ्जाललाई सामाजिक काममा लाउनेतिर सोचिन्छ ?
गरिन्छ पनि । गाउँमा हैजा भएका बेला सामाजिक सञ्जालकै माध्यमबाट स्वास्थ्य मन्त्रालयसम्म खबर पु¥याउन सकेको थिएँ ।
स्ववियु चुनाव नहुने नै हो त ?
चाँडो हुनुपर्ने हो । स्ववियु र आफ्नै संगठनमा लामो समयदेखि चुनाव नहुँदा आफ्नै राजनीतिक करिअर डामाडोल हुने डर भइसक्यो ।
उमेरको अड्को नेविसंघले नै थापेको होइन ?
यसलाई सहमतिमा टुंग्याउनुपर्छ । यस पटकको चुनावमा उमेर हद राख्नुहुँदैन । बरु, अर्को पटक राख्न सकिन्छ ।
विद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्दैन ?
हुनुपर्छ । हाम्रो पनि मुद्दा त्यही हो । अब नक्कली परिचयपत्र बनाएर विद्यार्थी राजनीति गर्ने दिन गइसके ।

 

Leave A Comment