अरुको कुरामा के चासो ?

सोमबार, २० साउन २०७६, ०१ : १९ शुक्रवार
अरुको कुरामा के चासो ?

मेरो घर नजिकका एक जना काका जहिल्यै हाम्रो घरमा आएर मेरा बुबासँग गनगन गर्छन्। कस्ता–कस्ता मान्छे हुन्छन् है संसारमा ? जहिल्यै छोराको विवाह गर्ने बेला भएन र ? किन नगरिदिएको अहिलेसम्म रे ! तरिका हो ? म विवाह गरुँ कि नगरुँ केको चासो ? केको टाउको दुखाई ? आफ्ना छोराछोरीको विवाह गरिदिए भै गो नि !

जहिले आउने अनि एउटै कुरामा कचकच गर्ने, कस्तो काम नलाग्ने मान्छे  हो ? अब हेर्नुस् अंकल, तपाईंलाई किन मेरो चिन्ता लागेको हो थाहा छैन। कहिलेकाहीँ त तपाईंले बुबासँग कुराकानी गरिरहेको बेला झ्वाँक चल्छ र भन्न मन लाग्छ, ‘मेरो त्यस्तो चिन्ता लाग्ने भए किन आफ्नी छोरी नदिएको ? अहिले सम्बन्ध छुटाएर मसँग विवाह गरिदिए भयो नि त !’

अन्त्यमा, आफ्ना छोराछोरीको विवाह गरेपछि अरुको कहिले गर्ने भनेर चिन्ता नगरेकै राम्रो ।  हस्त नमस्ते !
 

Leave A Comment