लोडसेडिङ र तिर्खा

बिहिबार, २० साउन २०७३, ०९ : ५८ प्रकटकुमार शिशिर , Kathmandu
लोडसेडिङ र तिर्खा

लोडसेडिङको चिट्ठा
हरेकपल्ट
पर्दैन ।

उधारो सम्झनामा उधारो तिर्खा
न त रौनक पैदा गर्छ
न त रङहरू ल्याउँछ    
तिमी पटकपटक तिर्खाएकोमा
म पटकपटक खोली धाएकोमा
आज यो लोडसेडिङ
चिट्ठामा नै परेको हो ।

तिमी तिर्खा मेट्ने कुरा गछ्र्यौ
म तिर्खा मेटाउने कुरा गर्छु
कयौँ तिर्खा हामी मेटाइदिएका छौँ
यसरी विना प्रहरको पर्खाइमा
तिर्खाहरू अनायासै मेटिएका छन् ।

तिम्रो आलिंगनमा
म पुग्दा
धेरै सर्काे मैले
तिर्खा मेटाउन पाएको छु
यो मानेमा तिमी पनि
लोडसेडिङको भरपूर
उपयोग गछ्र्यौ ।

अहँ, लोडसेडिङको चिट्ठा
हरेकपल्ट
पर्दै पर्दैन ।

 

Leave A Comment