सुध्रिन् ज्योति मगर

मङ्गलबार, २१ साउन २०७६, ०२ : ५१ शुक्रवार
सुध्रिन् ज्योति मगर

गायिका ज्योति मगरलाई तीज लागिसक्यो। त्यसैले त हिजोआज रातै साडीका तस्बिरले उनको सामाजिक सञ्जाल भरिन थालेको छ। तर, यसपालिको तीजमा ज्योति केही फरक देखिएकी छन्। सधैँ छोटा पहिरन लगाएर तीजको गीतमा अभिनय गर्ने ज्योति यसपालि शरीर नै ढाक्ने लामो साडीमा देखिएकी छन्।

हालै उनले सार्वजनिक गरेको नयाँ तीज गीतमा उनी रातो साडी लगाएर फिचर्ड छन्। २०७४ को ‘घण्टा बजाउँछु’ बोलको तीज गीतमा उनले साडी पहिरेकी थिइन्। तर, त्यो साडीमा पनि उनको जवानी छोपिएको थिएन तर यसपालिको तीजदेखि ज्योति सुध्रिएकी छन्।

हुन त ज्योति पहिरनलाई लिएर त्यति कन्सस होइनन्। उनी धेरै त फ्रक लगाउन रुचि राख्छिन् तर तीजमै त हो, ज्योतिले पनि साडी लगाउने !
 

Leave A Comment