नयाँका लागि ‘डेब्यू’ रमेश

बिहिबार, २० साउन २०७३, १० : ०० शुक्रवार , Kathmandu
नयाँका लागि ‘डेब्यू’ रमेश

एकताका चकलेटी हिरोको छवि बनाएका अभिनेता हुन्, रमेश उप्रेती । आठ वर्षको अन्तरालपछि फिल्म ‘ब्रासलेट’बाट उनी पुनः नेपाली फिल्ममा फर्किदै छन् । सात वर्षको अमेरिका बसााइपछि दुई वर्षअघि उनी नेपाल फर्केका हुन् उनी । निर्मल शर्माको डेब्यू निर्देशनमा बनेको फिल्म ‘ब्रासलेट’मा उनले नयाँ पुस्ताकी हिरोइन रजनी केसीसँग जोडी बाँधेका छन् । रमेश नयाँ दर्शकका लागि आफू डेब्यू हिरो नै भएको बताइरहेका छन् । ‘म पुरानाका लागि कमब्याक हुँ । तर, नयाँका लागि डेब्यू नै भन्दा फरक पर्दैन,’ उनले भनेका छन् । भदौ १७मा उनी अभिनीत फिल्म रिलिज हुँदै छ ।

 

Leave A Comment