ग्यालेक्सी एस ७ र एस ७ एज

बिहिबार, ०६ जेठ २०७३, ०३ : ३४
ग्यालेक्सी एस ७ र एस ७ एज

बहुप्रतीक्षित स्मार्टफोन ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज नेपाली बजारमा पनि सार्वजनिक भयो । कम्पनीले यी स्मार्टफोनका पाँच विशेषता रहेको उल्लेख गरेको छ । जुन यसअघिका स्मार्टफोनमा नभएको कम्पनीको दाबी छ ।

सामसुङले यी दुवै स्मार्टफोनमा दुई सय जीबीसम्मको स्टोरेज गर्न मिल्ने बताएको छ । यसअघिको सेरिजमा एक सय २८ जीबीको स्टोरज क्षमतामात्र राखिएको थियो । त्यस्तै यसको ब्याट्री पनि पहिलेको भन्दा टिकाउ रहेको बताइएको छ । जसअनुसार पूरा चार्ज गरेपछि १५ घण्टासम्म हाइडेफिनेसनको भिडियो हेर्न सकिन्छ ।  

यसको अर्को विशेषता भनेको वाटर रेजिस्टेन्स रेटिङ हो । यसको मतलब यो स्मार्टफोन पानीमा खसेको आधा घण्टासम्म सुरक्षित रहन्छ । यो स्मार्टफोनमा ‘अलवेज अन डिस्प्ले’को सुविधा पनि राखिएको छ । यसले स्क्रिन नखोलिकनै समय र नोटिफिकेसनबारे जानकारी दिने गर्छ । यसमा ‘गेमिङ प्रविधि’ र रेयर क्यामरा पनि जडान गरिएको छ । गेम खेल्ने र फोटोग्राफी गर्नेहरूले यसको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । कम प्रकाशमै राम्रो गुणस्तरको तस्बिर यसले खिच्ने कम्पनीको दाबी छ । वायरलेस चार्जिङको क्षमता भने यसमा एस ६ जस्तै निरन्तरता दिएको छ ।

एस ७ मा ५.१ र एस ७ एजमा ५.५ इन्चको डिस्प्ले छ । त्यस्तै ¥यामलाई एक जीबी बढाएर ४ जीबी बनाएको छ । यी दुवै स्मार्टफोन एन्ड्रोइडको नयाँ भर्सन ६.० मार्समाल्लोमा विकसित गरिएको छ ।
सामसुङले क्यामेरा रिजोलेसनलाई पहिलोपटक घटाएको छ । एस ६ मा १६ मेगापिक्सल राखे पनि एस ७ र एस ७ एजमा १२ मेगापिक्सल क्यामेरा जडान गरिएको छ । अगाडिको क्यामेरा भने पहिलेको जस्तै ५ मेगापिक्सलको छ । तर, क्यामेराले यसअघिको भन्दा गुणस्तर र राम्रो खिच्ने दाबी कम्पनीको छ ।

ब्याट्रीको क्षमता पहिलेलाई बढाएर एस ७ मा ३००० एमएच र एस ७ एजमा ३६०० एमएच राखिएको छ । यी दुवै मोबाइल दुई रङमा उपलब्ध हुनेछन् ।

Leave A Comment