गायक नोर्देनको निधन

शुक्रबार, २४ साउन २०७६, १२ : ५२ शुक्रवार
गायक नोर्देनको निधन

द हिमालयन ब्याण्डका चर्चीत गायक नोर्देन तेन्जिंग भुटियाको निधन भएको छ। उनी बेलायतमा स्थायी रुपमा बस्दै आएका थिए। उनको निधन बेलायतमै भएको हो।

उनले सन् १९८२ मा फर्की हेर मेरो जीवन गीतबाट आफनो गायन यात्रा शुरु गरेका थिए। सन् १९७१ बेलायती सेनामा भर्ती भएका उनको ‘मुसुमुसु हासी देउ न लै लै’ बोलको गीत धेरै चर्चित भएको थियो।

उनले सन् १९७३ मा साथीहरुसंग मिलेर हिमालयन ब्याण्ड खोलेका थिए।  उनको गाजलु आँखैले छोप्ने के राम्री मेरी मायालु, मायाले माया गासी देउ जस्ता गीतहरु गाएका थिए।

Leave A Comment