सिंगिङ बोल र त्रिकाल एकै साथ

शुक्रबार, २४ साउन २०७६, ०१ : ०० शुक्रवार
सिंगिङ बोल र त्रिकाल एकै साथ

सिंगिङ बोल सेन्टर च्याङमाई थाइल्यान्डले काठमाडौंमा सिडी र पुस्तक विमोचनसँगै त्रिकाल ब्यान्डले सांगीतिक प्रस्तुति ग-यो।

दुई दशकदेखि निरन्तर रुपमा सिंगिङ बोलको अभ्यास गर्दै आएका अमन शाही विगत १ दशकदेखि सिंगिङ बोलमार्फत ध्यान साधना तथा हिलिङमा संलग्न छन्।

सलिल सुवेदीद्वारा लिखित अमन साहीको स्वयम्भु मेथड पुस्तक र अमन साही, सन्तोष भक्त श्रेष्ठ, सलिल सुवेदी र निभा गुरुङको संगीत रहेको मेडिटेसन भाइब्स सिडीको विमोचन भएको थियो।

सोही कार्यक्रममा तीन स्रस्टा सम्मानित समेत भए। शास्त्रीय सङ्गीत र नेपाली सङ्गीतको क्षेत्रमा योगदान पु-याएबापत गुरु मोहनप्रसाद जोशी, सिंगिङ बोल साधना, सिंगिङ बोल ध्वनि उपचार विधिमा संलग्न श्रीकृष्ण साही तथा सिंगिङ बोल नामकरण गरी संसारभरि तिनको महत्व, प्रयोग र नेपाली धातु कलामा नया“ आयामको सुरुवात गराईदिनु भएकोमा जितबहादुर शाहीलाई सम्मान प्रदान गरिएको थियो।

Leave A Comment