फोस्टर्स बियर नेपालमै उत्पादन हुने

आइतबार, २६ साउन २०७६, ०१ : ०३ शुक्रवार
फोस्टर्स बियर नेपालमै उत्पादन हुने

राज ब्रुअरी प्रालि र विश्वप्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनवेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्रान्डको उत्पादन र बिक्री सम्बन्ध खास साझेदार सहकार्यको सम्झौता भएको छ ।

राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबी इनवेभ ग्लोबल र बार्सटेनर इन्टरनेसनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्रान्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आएको तथा चाँडै नै एबी इनवेभको स्थानीय रुपमै उत्पादन गरिएका केही ख्यातिप्राप्त ब्रान्ड बडवाइजर, बडवाइजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथै आयात गरिएका एबी इनवेभका विश्वव्यापी उत्पादनहरु कोरोना एक्स्ट्रा, लेफे, होएगार्डेन र स्टेला अर्टोइजको स्वाद लिन सकिने कम्पनीले जनाएको छ । राज ब्रुअरी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको एक सदस्य प्रतिष्ठान हो ।

एबी इनवेभको प्रधान कार्यालय ल्युभान, बेल्जियममा छ । विश्वका ५० भन्दा बढी देशहरु र पाँच सयभन्दा ज्यादा विविध प्रकारका ब्रान्डहरुका साथ यसको उपस्थिति रहेको छ ।

Leave A Comment