आँट नभएका अनमोल

सोमबार, २७ साउन २०७६, ०३ : २७ शुक्रवार
आँट नभएका अनमोल

हल्लाखल्ला हेर्दा त अनमोल भुवन केसीका लागि मात्रै नेपाली फिल्म क्षेत्रकै लागि अनमोल हुन् झैँ थियो। जे गरे पनि वाहवाही ! फिल्मका निर्माता पुर्पुरोमा हात लगाएर बसे पनि उनलाई जबर्जस्त अनमोल प्रमाणित गर्ने ठेक्का लिएकाहरुले ब्याक टु ब्याक हिट बनाइदिए, उनका फ्ल्प फिल्मलाई।

‘ए मेरो हजुर ३’ होस् या ‘क्याप्टेन’ उनको अभिनयको स्तर त चुर्लुम्मै हो। लाजमर्दो के भने बरु ‘ए मेरो हजुर’को तेस्रो सिक्वेलमा नयाँ अभिनेत्री सुहानाको अभिनयको तारिफ भयो। प्रधानमन्त्री र मन्त्रीहरु लगेर उनका बाबु भुवन केसीले फन्डा गरे पनि ‘क्याप्टेन’ले अनमोलको डुब्दै गएको स्टारडम उठाउने क्याप्टेन हुन सकेन।

५० लाख पारिश्रमिक, बलिउडमा डेब्युको तयारी, हैट् के के फन्डा हो के के। तर केहीले काम गरेन अनमोलका लागि। अब आफू सुध्रिएको सन्देश दिन यसो साइन गरिसकेको फिल्म पनि छाडिदिन्छन्। ‘ब्याचलर बन्टी’ छोडिदिए। तर त्यसले खस्किएको उनको क्रेज उकास्न भने सकेको छैन।

यसो हेर्दा त उनका लागि उनका निर्माता नै ब्याडलक हुन् कि झैँ देखिन थाल्यो अब। आफ्ना अभिभावकलाई त सन्तानले जे गरे पनि गज्जब लागिहाल्छ। दुधको दुध पानीको पानी समीक्षाका लागि सेफ जोनबाट बाहिरिन ढिला भइसक्यो अब। तर उनको पारा हेर्दा सेफजोनबाट बाहिरिएलान् जस्तो छाँट छैन। अन्य निर्मातालाई नो भने झैँ आफ्नै घरका निर्मातालाई पनि नो भन्ने आँट नगरी सुखै छैन अनमोललाई। तर अझै त्यो आँट भने देखिन्न। यस्तो बेलामा राम राम भन्ने त हो ! काँध त कसले थाप्छ र ?

Leave A Comment