‘२५ वर्षमा पहिलो पटक सेक्स गरियो’

मङ्गलबार, २८ साउन २०७६, ०२ : २६ शुक्रवार
‘२५ वर्षमा पहिलो पटक सेक्स गरियो’

सचिन रौनियार, गायक

कुन सेलिब्रिटी सेक्सी लाग्छ?
आँचल शर्मा र पल शाह।

युवतीको बिहे गर्ने सही उमेर कुन होला?
विवाह उमेरको आधारमा भन्दा पनि आफू जिम्मेवारी वहन गर्न सक्षम भएपछि गर्ने हो।

विवाह अगाडिको सेक्सलाई कति जायज?
हाम्रोमा विवाह अगाडिको सेक्स त्यत्ति राम्रो हैन। यस्तो विषय सामाजिक मान्यता र संस्कारमा आधारमा हेरिने भएकाले नेपालमा ठीक हैन।

रेड लाइट एरियाबारे पनि बेलाबखत चर्चा हुन्छ। नेपालमा रेड लाइट हुनुपर्छ कि पर्दैन?
भए राम्रो। यसले समाजमा भइरहेका यौन अपराधको घटना घटाउँछ जस्तो लाग्छ।

कस्ती केटी हट लाग्छ?
मलाई पातली केटी बढी मन पर्छ। त्यही हट लाग्छ।

केटीको शरीरमा पहिलो नजर केमा जान्छ?
आँखामा।

सेक्स के हो?
सेक्स शरीरलाई चाहिने आवश्यक विषय हो। म यसलाई सामान्य रुपमा लिन्छु।

सेक्सको अफर कति आउँछन्?
सेलिब्रिटीलाई सेक्सको अफर आउनु सामान्य नै हो। हामीले काममा ध्यान दिने हो, यस्तो विषयमा हैन।

पहिलो सेक्स कति उमेरमा भयो?
२५ मा। त्यो पनि आफ्नै श्रीमतीसँग।

सेक्सको ज्ञान लिन के गर्नु हुन्छ?
यो ज्ञान लिइराख्नु पर्दैन। यो त आफैं सिक्ने विषय हो।

सेक्सको बारेमा कतिको खुलेर कुरा गर्ने गरिन्छ?
माहोल हेरेर साथीभाइसँग मज्जाले खुलेर कुरा गरिन्छ।

सेक्सका लागि कुन ठाउँ ठीक लाग्छ?
मलाई त बेडरुम नै ठीक लाग्छ।
प्रस्तुतिः दिनेश शाही

Leave A Comment