हाई हाई स्वस्तिमा

बुधबार, २९ साउन २०७६, ०३ : १४ शुक्रवार
हाई हाई स्वस्तिमा

कहिले हाई हाई, कहिले नाई। जीवनचक्र यस्तै त हो। हिजो श्रीमान् निर्देशक छ, उसैको भरमा त फिल्ममा टिकेको हो भन्नसमेत बाँकी राखेनन् उनलाई। प्रायः सोलो फिल्म पनि थिएनन्। ‘होस्टेल रिटर्न’, लभ लभ लभ’ अनि ‘जय भोले’मा उनको अभिनय खासै नोटिस हुन सकेन। म्युजिक भिडियोतिर आउँदा फिल्म निर्देशकसमेत रहेका निश्चलसँगै देखिन्थिन् उनी।

तर सोनारका सौ चोट, लोहारका एक चोट भनेझैँ उनले श्रीमानको भरमा टिकेको भन्दै खिसिट्युरी गर्नेहरुलाई ‘बुलबुल’बाट मनग्गे जवाफ दिइन्। कायापलटै भयो उनको अभिनय यात्राको। राष्ट्रिय पुरस्कार त आउनु नै थियो, आयो।

सार्क फिल्म फेस्टिभलमा अवार्डसमेत पाएपछि उनको वाहवाही नहुने कुरै भएन। युट्युबेलाई पत्रकार मान्दिनँ भनिन् भनेर केही झुण्ड उनको खोइरो खन्न लागेपछि ‘बुलबुल’ यात्रा निरन्तर भए केही लछारपाटो लगाउन सक्ने देखिन्न।

Leave A Comment