गाईजात्रे पल

बुधबार, २९ साउन २०७६, ०३ : २२ शुक्रवार
गाईजात्रे पल

‘हामीजस्ता अभिनेता’ भन्दै पल शाह कहिलेकाहीँ आफूलाई अभिनयमा राम्रो दख्खल भएको अभिनेताको सूचीमा राख्ने प्रयास गर्छन्। तर प्रायः फिल्ममा उनको अभिनय गाईजात्रे पाराको हुन्छ। अभिनय क्षमतामा त उनी सिकारु नै देखिन्छन्।

तैपनि खारिएको कलाकारको भ्रम मनग्गे छ उनमा। ‘वीर विक्रम २’को प्रमोसनको बेलाको एक अन्तर्वार्ता हेरौँ न। उनले भनेका थिए, ‘हामी ३/४ जनाले मात्र धान्न सक्दैनौँ। अब हामी जस्ता १०/१२ जना अभिनेता जन्मनुपर्छ। त्यसपछि मात्र नेपाली फिल्मलाई माथि लान सकिन्छ।

सत्य चैँ के भने पल शाह जस्ताको पत्रु अभिनयले नेपाली फिल्म धान्न सक्दैन। उनको फिल्म यात्रा हेर्ने हो भने उनी एक्लै भारी छन्, झुर अभिनयमा। अझ उनीजस्ता १०/१२ जना आउने हो भने नेपाली फिल्म क्षेत्रको हालत के होला ? हे भौवान्, सम्झदा नै सिरिङ्ग हुने क्या !

गफले फिल्म चल्ने दिन गए क्या पल ब्रो, गफ दिन गर्ने मिहिनेत यसो अभिनय सुधार्नतिर लागे आफ्नो अनि फिल्म क्षेत्रको पनि कल्याणै हुन्थ्यो। कति गाईजात्रे पारा देखाइरहनु यसरी।
 

Leave A Comment