प्रदीपको स्वाँठ पारा

बुधबार, २९ साउन २०७६, ०३ : ३० शुक्रवार
प्रदीपको स्वाँठ पारा

खोकाइको स्तर हेर्ने हो भने प्रदीप खड्का नेपालमा वन एन्ड वन्ली स्टार हुन्। उनी १० हुन् भने बाँकी २/४ तर गफमा मात्रै। काम हेर्ने हो भने विचरा खै के भनिरहनु हो ? प्रदीपको अभिनय रहेको ‘लिलिबिली’, ‘रोज’ र ‘लभ स्टेसन’कै हालत हेरौँ न, फ्लप, फ्लप अनि फेरि फ्लप।

गफ भने आधा करोडको दिन्छन् ब्रो। एउटा सिङ्गो नेपाली फिल्मको बजेट जति हुन्छ नि, हो उनी एक्लैको पारिश्रमिक त्यत्ति छ रे ! क्या गफाडी। अभिनयले मात्र काम चलेन भनेर यसो फिल्म निर्माण पनि गरे, ‘लभ स्टेसन’ तर दर्शक उनको स्टेसनमा नै बसिदिएनन्। बसुन् पनि कसरी ? मौलिक भनेर टर्किस फिल्मबाट चोरेपछि। अहिलेको जमानामा निर्माताभन्दा बाठा दर्शक कहाँ झुक्किन्छन् र ? आफू फिल्मको प्लटै चोर्ने अनि दोष चैँ समीक्षकलाई दिने। क्या स्वाँठपारा !

Leave A Comment