साम्राज्ञीको साडी मोह

शुक्रबार, ३१ साउन २०७६, ०२ : १० शुक्रवार
साम्राज्ञीको साडी मोह

कहिले बोल्ड त कहिले बिकिनीमा देखा पर्ने अभिनेत्रीको साम्राज्ञी राज्यलक्ष्मी शाह यस पटक भने साडीमा सजिएर कार्यक्रमा आएपछि सबैजना चकित भए।

गत साता काठमाडौँमा ‘रातो टीका निधारमा’ को पहिलो गीत रिलिज कार्यक्रममा राखिएको थियो। त्यही कार्यक्रममा हरियो साडी लगाएर पहिलो पटक साम्राज्ञी सार्वजनिक कार्यक्रममा देखा परेपछि धेरै जना चकित खाए। आफूलाई साडी लगाउन मन लाग्छ तर के गर्नु लगाउनै जान्दिनँ समेत भन्न भ्याइन्। यति मात्र कहाँ हो र ? ‘मलाई जे काम गर्न गाह्रो लाग्छ, त्यही गर्न मन लाग्छ’ भन्दै उनले साडी सम्हाल्दै ‘रातो टीका निधारमा’को गीत सार्वजनिक कार्यक्रममा झुल्किइन्।

उनले साडी मिलाउँदै भनिन्, ‘हिलमा साडी मिलाएर हिँड्न निकै गाह्रो हुन्छ।’ के गर्नु त साम्राज्ञी, पहिलादेखि नै साडीमा बानी परेको भए हुन्थ्यो ! बानी चैँ टु पिस र बिकिनीमा देखिन मन गर्ने, अनि साडी लाउन मन लाग्छ भन्ने ?

 

Leave A Comment