फोटोमै दंग रेखा

शनिबार, ३२ साउन २०७६, ०२ : ०१ शुक्रवार
फोटोमै दंग रेखा

अभिनेत्री रेखा थापा पर्दामा नदेखिएको पनि लामो समय भयो। पछिल्लो समय रेखाले नै निर्देशन गरेको ‘मालिका’मा उनी देखिएकी थिइन्। त्यसपछि रेखा फिल्महरुमा खासै देखिएकी छैनन्। उनले फिल्म पाउन छोडेकी छन्। त्यसैले त उनी पछिल्लो समय फिल्म निर्माणतिरै सक्रिय हुन थालेकी छन्। अहिले उनी त्यत्ति राजनीतिमा पनि देखिएकी छैनन्। अब कतै काम नपाएपछि फेसबुकमा फोटो राख्नुबाहेक रेखाको अरु के नै काम भो र ?

त्यसैले त हिजोआज उनी अक्सर सामाजिक सञ्जाल फेसबुकमै व्यस्त छिन्। फोटो अप्लोड गर्छिन्, आफ्नो रुप हेरीहेरी आफैँ पर्छु दंग भनेजस्तै दंग पर्छिन्।

रेखाले आफ्नो नयाँ फिल्मको लागि कोरियोग्राफर रेनशा बान्तवा राईसँग नयाँ फिल्म गर्ने त सम्झौता भइसक्यो तर फिल्म कहिले शुरु हुने हो, त्यसको टुंगो छैन।
अब टुंगो नभएपछि दंग पर्ने अभियानलाई रोक्नु पनि त भएन !

Leave A Comment