५० लाखको गफमा धुर्मुसको इन्ट्री

शनिबार, ३२ साउन २०७६, ०२ : १४ शुक्रवार
५० लाखको गफमा धुर्मुसको इन्ट्री

नेपाली फिल्म निर्माणको बजेट बढीमा ५० लाख वरिपरि हो भन्ने कुरा जति झुक्याए पनि नझुक्किने पाटो हो। तापनि ५० लाख त पारिश्रमिककै अफर आयो भन्ने हल्ला चलिरहन्छ नेपाली फिल्म बजारमा। पहिला अनमोल केसीले यो हल्ला चलाए, सेलायो। पछि प्रदीप खड्काले ५० लाखको हल्ला चलाउने प्रयास गरे तर असफल भयो।

यो ५० लाखे हल्ला क्याम्पमा कमेडियन कलाकार हुँदै समाजसेवी हुने लहडमा लागेका धुर्मुस अर्थात् सीताराम कट्टेलको पनि प्रवेश भएको छ।

भूकम्पपछि सामूहिक बस्ती हुँदै अन्तर्राष्ट्रिय रंगशाला बनाउन कुदिरहेका यिनको अहिले न समाजसेवीको छवि बलियो छ, न कलाकारको। चार वर्षदेखि समाजसेवामा छन्।

बल्लबल्ल घर चलाइरहेको छु भनेर कतैकतै सुँक्कसुँक्क पनि गरेको देखिन्छ। तापनि लाखौँ खर्चिएर फिल्म बनाउन कस्सिएका छन् उनी। यही मौकामा ५० लाखको गफ पनि फ्याँकी हाले, ‘यो बीचमा फिल्म खेल्ने अफर नि आथ्यो ५० लाख पारिश्रमिक प्लस सेयर’ भन्दै।

जसरी उनले मिनी नेपाल बनाए, जसरी अन्तर्राष्ट्रिय रंगशाला पनि बनाउने छन्, त्यसरी नै ५० लाख पारिश्रमिकको अफर पनि पक्कै आएकै हो। धुर्मुसले पो भन्या, पत्याउनु परिहाल्यो !

Leave A Comment