मिस गण्डकीको अडिसन

आइतबार, ०१ भदौ २०७६, ०१ : २९ शुक्रवार
मिस गण्डकीको अडिसन

छैटौं संस्करणको ‘मिस गण्डकी २०१९’ को पहिलो अडिसन पोखरामा भएको छ। एस.टी क्रिएसन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगिताको छैटौँ संस्करण हो।

पहिलो अडिसनबाट १० जना छनोट भइसकेका छन् भने आगामी भदौ ६ गते हुने दोस्रो अडिसनबाट १० जना छनोट गरी  २० जनालाई प्रतियोगिताको प्रशिक्षणका लागि सहभागी गराइने एसटी क्रिएसनका निर्देशक इनिशा दुराले जानकारी दिइन्।

पहिलो अडिसनको निर्णायक मुग्लान रेष्टुरेन्टका जनरल म्यानेजर सन्तोष गुरुङ, मिस मगर नेपाल २०१९ की विजेता सनम गर्बुजा मगर, मिस गण्डकी सिजन ५ की फस्ट रनरअप स्नेहा गुरुङ र एसटी क्रिएसनका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर सुरज थापालगायत थिए।

Leave A Comment