निर्मलको ‘जब घाम ढल्छ’

आइतबार, ०१ भदौ २०७६, ०१ : ३७ शुक्रवार
निर्मलको ‘जब घाम ढल्छ’

गायक निर्मल दाहालको पहिलो गीत ‘जब घाम ढल्छ’ सार्वजनिक भएको छ। पूर्व सञ्चारकर्मी दाहालको पहिलो गीतमा चर्चित गायक नबिन के भट्टराईको कम्पोजिसन छ। गीतमा भट्टराईको फ्लेवरको प्रभाव देखिन्छ।

गीतलाई विशाल पौडेलले एरेञ्ज गरेका हुन्। गीत प्रदीप जोशीले मिक्स गरेका हुन्। गीतको शब्द रोशन सुवेदीको हो। गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ। दाहालले आफ्नै युट्यूब च्यानलमा म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। म्युजिक भिडियोमा गायक दाहालसँगै एलिजा बस्नेतको अभिनय छ।

Leave A Comment