बाठी पूजा

सोमबार, ०२ भदौ २०७६, १२ : ५६ शुक्रवार
बाठी पूजा

अभिनेत्री पूजा शर्मा फ्यानलाई फकाउन सुरु गरेकी छन्। यतिबेला फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ। उनलाई फ्यानको साथ सहयोग त चाहियो नै ! अब फेसबुकमा ९७ हजार बढी फलोअर्स छन्। यिनलाई मात्रै भए पनि उनले हलसम्म तान्न सके त फिल्म सुपरहिट भइहाल्छ। बाँकी दर्शक होहल्लाले पनि आइपुग्लान्।

हुन पनि एउटा फिल्म हिट हुन एक लाखले हेरे पुगिहाल्छ। यस्तोमा पूजाले सही काम गरेकी छन्। उनले दर्शक फकाउने काम पनि फेसबुकबाटै सुरु गरेकी छन्।

उनले आफ्नै तस्बिर राख्दै दर्शकलाई लेखेकी छन्, ‘उनी पुजा हुन्, उसलाई तिम्रो आवश्यक छ’ अर्थात् दर्शकको आवश्यकता छ।

अब पूजालाई त दर्शकको आवश्यकता छ तर दर्शकलाई उनको फिल्म हेर्ने आवश्यकता छ कि छैन, त्यो पो मुख्य कुरा हो त !!

Leave A Comment