कहिलेसम्म सिक्ने पुष्प ?

सोमबार, ०२ भदौ २०७६, ०२ : ३८ शुक्रवार
कहिलेसम्म सिक्ने पुष्प ?

अभिनेता पुष्प खड्काले अहिलेसम्म ३/४ वटा फिल्ममा अभिनय गरिसकेका छन् तर पनि आफूलाई फिल्म क्षेत्रमा सिक्दै गरेको छु भन्न छोड्दैनन्। केही दिनअघि फिल्म ‘मारुनी’को प्रेसमिटमा उनले आफू अहिले पनि फिल्म क्षेत्रमा सिक्दै गरेको बताएका छन्। फिल्ममा मैले हरेक कुरा सिक्दै गरेको र सिकारु नै रहेको बताएका छन्।

यति भनेपछि पत्रकारले तपाईंले अभिनय गरेको फिल्म ‘मारुनी’ फ्लप भयो भने तपाईं यसको जिम्मा लिनुहुन्छ त ? भन्ने प्रश्नको जवाफमा उनले आफूले गरेको काम असफल भए यसको जिम्मा आफूले लिने बताएका छन्। ‘अभिनय गरेको फिल्म असफल भयो भने यसको दोष आफूले भोग्न तयार’ रहेको पुष्पले बताए।

‘फिल्ममा असफल भएँ भनेर भाग्नेवाला छैन,’ उनले भने। पुष्पजी, तपाईं भाग्नै पर्दैन, दर्शकले के गर्ने भन्ने निर्णय लिइहाल्छन्।

Leave A Comment