‘कमेन्टले ज्यान जोगियो’

बुधबार, ०४ भदौ २०७६, १२ : २१ शुक्रवार
‘कमेन्टले ज्यान जोगियो’

अस्ति ६ दिनअघि एउटा महिलाको पोष्ट आएको थियो यो पेजमा। उनले लेखेकी थिइन् गर्भपतन गर्न लगायो तर विवाह गरेन। हो म त्यही पोष्टवालीको ब्वाइफ्रेन्ड हो। उसलाई मर्नु न बाँच्नुको स्थितिमा पु-याउने मै हो।

तपाईंहरुको प्रतिक्रियाले म रातभरि रोएँ। निदाउन सकिन, संसारकै पापी मान्छे मै रहेँछु भन्ने लाग्यो। यस्तो पीडा अरुलाई दिएर म बाँच्न सक्छु जस्तो लागेन। धेरै साथीले यसरी छोडेर जाने पागलले पासो लगाएर मरे हुन्छ भन्ने सुझाव आयो। बरु म जे सजाय पनि भोग्न सक्छु तर आफैँलाई मार्न सक्दिन। अनि सोचेँ मैले अब विवाह गर्छु। म अहिले विराटनगरमा कुनै एक सरकारी कार्यालयमा नासुमा कार्यरत छु।

उनको घर इटहरी हो। म विवाहित हुँ। यो कुरा मैले अप्ठ्यारो मानी मानी श्रीमतीलाई भनेँ। सुरुमा त झगडै प-यो। हाम्रो ५ वर्षकी छोरी छ। उनी पनि ६ महिनाकी गर्भवती छिन्। मैले श्रीमतीलाई फकाएँ। ऊ मरी भने म जेल पर्छु भनेँ। यति भनेपछि मेरी श्रीमतीले ऊसँग विवाह गर्न सुझाइन्। हामी मिलेर बस्छौँ भनिन्।  इटहरीमा गर्लफ्रेन्ड भेट्न गएँ। सुरुमा उनले तपाईंको घर बिगारदिन्नँ भनिन्, मैले सम्झाइबुझाइ गरेपछि उनी राजी भएकी छिन्। धन्न तपाईंहरुले मलाई कमेन्टमा गाली गर्नुभयो र उसको ज्यान जानबाट जोगाएँ। अब छिट्टै उसँग पनि विवाह गर्छु र दुवैजनालाई मिलाएर राख्छु।
स्रोतःटिनेजर्स युथ कन्फेसन

 

Leave A Comment