जनावरका लागि फन्ड जुटाउँदै आलिया

बिहिबार, ०५ भदौ २०७६, ११ : ४० शुक्रवार
जनावरका लागि फन्ड जुटाउँदै आलिया

बलिउड अभिनेत्री आलिया भट्टले जनावरको संरक्षणका लागि जनचेतना फैलाउने अभियान अन्तर्गत अभिनेता अर्जुन कपुरकी बहिनी अंशुला कपुरको ‘फ्यानकाइन्ड’ नामक अनलाइन फन्ड राइजिङ प्ल्याटफर्ममार्फत रकम जुटाउने भएकी छिन्। अभियान अन्तर्गत फ्यानहरूले अभिनेत्री भट्टसँग केक बनाउने अवसर पाउनेछन्।

फ्यानहरूले कम्तीमा तीन सय भारू अभियान अन्तर्गत बुझाउनुपर्नेछ। अभियानको अन्तमा छनोट भएका एक फ्यानले अभिनेत्री भट्टसँग केक बनाउने अवसर पाउनेछन्। ‘जनावरको संरक्षणका लागि जनचेतना फैलाउने अभियान अन्तर्गत रकम संकलन गर्दैछौं। यो नौलो शैलीको अभियानले मुम्बईको सडकमा भेटिने जनावरहरूलाई सुरक्षित वातावरणको सृजना गर्न भन्ने लागेको छ,’ अभिनेत्री भट्ट भन्छिन्। अभियान अन्तर्गत संकलन भएको ७० प्रतिशत रकम ‘वल्र्ड फर अल’ नामक संस्थाले जनावरको संरक्षणको लागि खर्चिनेछ।

‘स्टुडेन्ट अफ द इयर’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री भट्टले सन् २०१६ मा रिलिज भएको ‘उड्दा पञ्जाब’ र २०१८ को ‘राज्जी’ फिल्मका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। यस सवर्ष रिजिल भएको उनी अभिनित ‘गली ब्वाई’ ले बक्सअफिसमा सफलता कमाउन सफल भएको थियो भने ‘कलंक’ फ्ल्प फिल्मको सूचीमा परेको थियो। सन् २०२० मा उनी अभिनित ‘ब्रम्हास्त्र’, ‘सडक–२’ र ‘आरआरआर’ रिलिज हुँदैछन्।

Leave A Comment