कवि बनिन् उपन्यासकार

शुक्रबार, ०६ भदौ २०७६, ०१ : १० शुक्रवार
कवि बनिन् उपन्यासकार

गीत, मुक्तक, कविता र कथा लेखेर आफूलाई साहित्यको सबै विधामा उत्तिकै उपस्थिति जनाएकी उषा शेरचन उपन्यासकारको अवतारमा आएकी छन्। गएको मंगलबार उनको उपन्यास ‘आधि’ राजधानीमा सार्वजनिक गरियो।

लोकसंस्कृति अन्वेषक चेतन कार्की, कथाकार पद्मावती सिंह र कुमारी लामाले संयुक्त रुपमा उपन्यास लोकापर्ण गरेका थिए।

करिब दुई सय पृष्ठको उपन्यास बुक हिल पब्लिकेसनले बजारमा ल्याएको हो।

Leave A Comment