मदन पुरस्कार ‘रणहार’लाई जगदम्बाश्री बैरागी काइँलालाई

शुक्रबार, ०६ भदौ २०७६, ०१ : ३४ शुक्रवार
मदन पुरस्कार ‘रणहार’लाई जगदम्बाश्री बैरागी काइँलालाई

भदौ १ गते बसेको मदन पुरस्कार गुठीले २०७५ सालमा प्रकाशित कृतिहरुमध्येबाट छनोटको अन्तिम सातमा परेका योगेशराजको पुस्तक ‘रणहार’लाई प्रदान गरिने निर्णय गरेको  छ।

त्यस्तै गुठीले जगदम्बाश्री पुरस्कार तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता कवि बैरागी काइँलालाई प्रदान गरिने भएको छ।

लिम्बु भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मय समृद्धिमा उल्लेख्य योगदान पु-याएको जनाउँदै २०७५ को जगदम्बाश्री पुरस्कार प्रदान गर्ने भएको हो।

यसपालिदेखि गुठीले पुरस्कार राशि दुई लाखले बढाएर चार लाख रुपैयाँ पु-याएको छ। पुरस्कार असोज १२ गते अर्पण गरिने गुठीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Leave A Comment