पुष्पको ज्यान

शुक्रबार, ०६ भदौ २०७६, ०२ : १५ शुक्रवार
पुष्पको ज्यान

अभिनेता पुष्प खड्कालाई पीडा नै पीडा छ। सिक्स प्याक पनि बनाएकै छन्। तर पर्दामा दर्शकलाई त्यो बडी देखाउन पाएका छैनन्। लुगा खोलेर ज्यान देखाउन नपाउँदा कति पोल्दो हो उनको मन। सलमान खान आफ्नो हरेक फिल्ममा लुगा खोलेर बडी देखाउँदा यता पुष्पको मन कति दुख्दो हो ?

सधैं सोझो पति कि त ब्वाइफ्रेन्डको भूमिकामा अभिनय गरेका उनको बडीतर्फ सायदै निर्देशकको आँखा गयो। त्यसैले होला हालै उनले सामाजिक सञ्जाल फेसबुकबाटै आफ्नो कसिलो ज्यान देखाइदिए। उनको बडीतिर निर्देशकको ध्यान जाला त ? खै यसै भन्न सकिन्न।

Leave A Comment