बेरोजगार दीपिका

शुक्रबार, ०६ भदौ २०७६, ०२ : ३० शुक्रवार
बेरोजगार दीपिका

‘ऐश्वर्य’ फिल्मबाट रजतपटमा डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाईंको हातमा अहिले फिल्महरु छैन। ‘ऐश्वर्य’कै निर्देशक दिवाकर भट्टराईसँग बिहे गरेपछि उनी अभिनयबाट टाढा भइन्। हिजोआज उनलाई हेर्न उनको फेसबुक प्रोफाइल स्क्रोल गर्नुपर्ने अवस्था छ। उतै व्यस्त देखिन्छिन् उनी।

उनले अभिनय गरेको दोस्रो फिल्म थियो ‘छक्का पञ्जा ३’। यी दुई फिल्मबाट दीपिकाले अभिनयमा आशा भने देखाएकी थिइन्। तर निर्देशकसँग बिहे गरेपछि ठूलो भाग पाउलिन् भनेको त फिल्म नै पो पाइनन्। दिवाकरले नै उनलाई फिल्म गर्न नदिएको हो कि फिल्मको अफर आउन छोडेको हो ? त्यो त दीपिकालाई थाहा होला। तर, बिहे गरेर दीपिकालाई करिअरमा घाटा भएको चै पक्का हो।

Leave A Comment