जेडटिईको ३ ब्लाड सेरिज स्मार्ट फोन सार्वजनिक

शुक्रबार, २१ साउन २०७३, १२ : ४० शुक्रवार , Kathmandu
जेडटिईको ३ ब्लाड सेरिज स्मार्ट फोन सार्वजनिक

जेडटिईको ३ ब्लाड सेरिज स्मार्ट फोन नेपाली मोबाइल बजारमा मंगलबार सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमममा जेडटिई कर्पोरेसन नेपालले ब्लेड सिरिजअन्तर्गतका तीन नयाँ मोडलका मोबाइल सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेका स्मार्ट फोनमा एस–६, डी–२ र डी–३ रहेको कम्पनीले जनाएको छ । कम्पनीले जेडटिई मोबाइल फोनका यी नयाँ मोडल नेपाली बजारमा बिक्री लागि इभोलुसन इन्टरप्राइज प्रालिलाई आधिकारिक विक्रेता नियुक्त गरेको जानकारी गराएको छ ।
सुलभ मूल्यमा सबै किसिमका फिचरसहितका स्मार्ट फोन खरिद गर्न चाहने नेपाली युवाको चाहनालाई ध्यानमा राखेर उक्त तीन मोडलका नयाँ स्मार्ट फोन नेपाली बजारमा ल्याएइएको इभोलुसन इन्टरप्राइजका प्रबन्ध निर्देशक विशाल आचार्यले बताए । ‘जेडटिई मोबाइल नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा हामीलाई खुसी लागेको छ,’ आचार्यले भने, ‘उच्च–प्रविधियुक्त विशेषतासहित सुलभ मूल्यमा जेडटिई ब्लेड सिरिजका स्मार्ट फोन नेपाली बजारमा आएको छ । फोर–जी सर्पोट गर्ने संयन्त्रसहितका यी फोन नेपाली बजारमा लोकप्रिय, प्रतिस्पर्धी र स्थापित ब्रान्डका रुपमा रहनेमा निकै आशावादी छौं ।
ब्लेड एस–६ विश्वकै पहिलो एन्ड्रोइड–एल मोबाइल फोन हो, जुन क्वाल्कम स्नापड्रागन अक्टाकोर १.५ गिगाहर्ज प्रोसेरसयुक्त छ । कम्पनीका अनुसार ५ इन्चको पूर्ण एचडी डिस्प्ले र ७.७ एमएम मोटाइ रहेको एस–६ प्रयोगकर्तामैत्री पनि छ । यसमा रहेको चेन्जिङ क्यामरालाई प्रयोगकर्ताले आफ्नो अनुभवका आधारमा प्रयोग गर्न सक्ने भन्दै कम्पनीले यस फोनले १३ मेगापिक्सेल सोनी आइएमएक्स–१४ क्यामरालाई प्रोफेसनल मुडमा सपोर्ट गर्ने पनि बताएको छ । बजार मूल्य १५ हजार नौ सय ९० रुपैयाँ रहेको एस–६ मोबाइलमा ५ मेगापिक्सेल फ्रन्ट क्यामरा, एस–६ मा १६ जिबी ¥याम र दुई जिबी रोम रहेको छ । २४०० एमएएच पावरको ब्याट्री जडान गरिएको यस मोबाइलमा अंग्रेजी ‘भी’ वर्ण कोरेपछि म्युजिक प्ले हुन्छ । त्यस्तै मोबाइललाई हल्लाएरै टर्च लाइट अन गर्न सकिने बताइएको छ ।
त्यस्तै, डी–२ मोडलको जेडटिई फोनलाई ब्याट्री फोनको रुपमा चिनिने भन्दै यसमा रहेको ४००० एमएएच ब्याट्री करिब ३५ दिनसम्म अन मोडमै राखे पनि चलिरहने कम्पनीले बताएको छ । बजार मूल्य १० हजार नौ सय ९० रुपैयाँ रहेको यस फोनमा रहेको ब्याट्रीको क्षमताले एक पटक फूल चार्ज गर्दा करिब ११ घण्टा अनलाइन गेम, १८ घण्टा इन्टरनेट र ३५ घन्टासम्म फोनमा कुरा गर्न सकिन्छ । ७६ घण्टा म्युजिक सुन्न र १८ घण्टासम्म भिडियो हेर्न सकिन्छ । क्वाड–कोर प्रोसेसरयुक्त यस फोनमा ५ इन्चको एचडी आइपिएस कभर्ड डिस्प्ले रहेको छ । ब्लेड डी–२ ले मा ८ मेगापिक्सेलको पछाडिको क्यमरा रहेको छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।
यस्तै, कम्पनीले १२ हजार पाँच सय रुपैयाँ मूल्य रहेको ब्लेड डी–३ मोडलको फोन १.३ जिएचजेड क्वाड–कोर प्रोसेसरयुक्त ५ इन्चको एचडी आइपिएस डिस्प्लेयुक्त फोन पनि बजारमा ल्याएको छ । यस फोनले प्रोफेसनल मुडमा १३ मेगापिक्सेल क्षमतामा फ्रन्ट क्यामराले काम गर्न सक्छ । यो फोन सेल्फी फोनको रुपमा चर्चित छ । यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । क्यामरामा एक जिबी ¥याम र आठ जिबी रोम छ । २४०० एमएएच ब्याट्री क्षमतायुक्त यस फोनमा अटो–कल तथा अटो–एन्सरको अप्सन पनि रहेको कम्पनीको दाबी छ ।
नेपालमा जेडटिई मोबाइलका करिब २८ वटा रि–डिस्ट्रिब्युटरमार्फत यो फोन उपलब्ध हुने कम्पनीले जनाएको छ । जेडटिई कर्पोरेसन १९८५ मा स्थापना भएको चाइना–बेस्ड दूरसञ्चार तथा सूचना प्रविधि सेवा प्रदायक कम्पनी हो ।

 

Leave A Comment